रक्तपातपूर्ण बन्दुकबाट "अमेरिकी लोकतन्त्र" बंग्याइएको
2021-12-07 20:54:49CRI
Share with:

रक्तपातपूर्ण बन्दुकबाट "अमेरिकी लोकतन्त्र" बंग्याइएको_fororder_锐评21.PNG

अमेरिकी केन्टकी राज्यका कांग्रेस सदस्य थोमस मेसीले ट्विटरमा क्रिसमस मनाउँदै परिवारको फोटो पोस्ट गर्नुभयो। उक्त फोटोमा पुरुष पनि महिला पनि सबै उमेरका मानिसले मुस्कुराउँदै बन्दुक बोकेका छन्। फोटोका साथमा "सान्ता क्लज, कृपया मलाई गोली दिनुहोस्" भन्ने पाठ पनि छ। तर केही दिनअघि मात्रै अमेरिकी मिशिगन राज्यको एक विद्यालयमा फेरि गोलीकाण्डको घटना भएको छ। उच्च माध्यमिक विद्यालयको १५ वर्षीय विद्यार्थीले ४ जना विद्यार्थीलाई गोली हानी हत्या गरेको थियो। उनको हातमा रहेको बन्दुक भर्खरै आमाबुवाले दिएको क्रिसमस उपहार थियो।

अमेरिकाले "मानव अधिकारको संरक्षण" लाई अमेरिकी लोकतन्त्र फैलाउने एक कारण बनाउँछ। तर, अमेरिकी जनताको सबैभन्दा आधारभूत जीवन अधिकारको रक्षा गर्न गाह्रो छ। अमेरिकी राजनीतिज्ञले गोलीकाण्ड पीडित परिवारको घाउमा अझै बढी नून छर्केको छ। अमेरिकी लोकतन्त्रले मानवअधिकारको रक्षा गर्छ कि भंग गर्छ?

तथ्यांक अनुसार, अमेरिकासँग विश्वमा सबैभन्दा कमजोर बन्दुक कानून र सबैभन्दा बढी बन्दुकहरू छन्।  लगभग ३९ करोड ३०लाख बन्दुकहरू। अरू उच्च आय देशका जनताभन्दा अमेरिकीहरू गोलीकाण्डको शिकार हुने सम्भावना २४ गुणा बढी हुन्छ।

किन अमेरिकामा बन्दुकको नियन्त्रण गर्न यति गाह्रो छ त?

रक्तपातपूर्ण बन्दुकबाट "अमेरिकी लोकतन्त्र" बंग्याइएको_fororder_锐评22.JPG

एकातिर अमेरिकी राजनीतिक परिपाटी र कानूनी परिपाटीमा रहेका समस्या बन्दुकको नियन्त्रण कानून पारितलाई रोक्ने सबैभन्दा प्रत्यक्ष कारण हो। अमेरिकी संविधानको दोस्रो संशोधनमा बन्दुक अधिकारसम्बन्धी नियम अस्पष्ट भएका हुनाले बन्दुक समर्थकले उसलाई कानूनी आधार बनाएका छन्। अर्कातिर बन्दुकको नियन्त्रणमा संघीय सरकार र राज्य सरकारको अडान फरक फरक  भएर आपसलाई बाधा दिएका छन्। साथै बन्दुक नियन्त्रण समस्यामा पैसा राजनीतिले पनि प्रभाव पारिरहेको छ। राष्ट्रिय राइफल संघ(अनआरए) अमेरिकाको सबैभन्दा ठूलो बन्दुक मालिक संगठन र बलियो समूह । उसले राष्ट्रपतिको निर्वाचन, काँग्रेसको निर्वाचन र सर्वोच्च अदालतका न्यायधीशको गठनमा महत्वपूर्ण प्रभाव पारेको छ। अनआरएबाट समर्थन गरिएका राजनीतिज्ञहरूले लगानीकर्तालाई जवाफ दिनु आवश्यकता नै हो।

बन्दुकको नियन्त्रणबाट मात्रै अमेरिकी शैलीको लोकतन्त्रको कमजोर स्पष्ट रूपमा देखाइएको छ। आयोजना हुने कथाकथित लोकतान्त्रिक शिखर सम्मेलनमा अमेरिकी राजनीतिज्ञहरूले आधारभूत जीवन अधिकारसम्बन्धित यस मामिलाबारे छलफल गर्ने कि?