परालले मोडेको डुंगाद्बारा बाण बटुलेर लिने कथा-1
2021-12-08 10:30:18cri
Share with:

परालले मोडेको डुंगाद्बारा बाण बटुलेर लिने कथा-1_fororder_01

यो ईसापूर्व तेस्रो शताब्दीतिरको कथा हो। त्यस बेला चीनको भू-भागमा वै, शु र वु तीनवटा राज्य आपसमा मुखामुख गरिरहेको स्थिति देखिएको थियो। तीमध्ये वै राज्य उत्तरी भेगमा परेको थियो भने शु राज्य दक्षिण-पश्चिमी भेगमा र वु राज्य दक्षिणी भेगमा। यसैबीच एकपल्ट वै राज्यले जल-मार्गमार्फत याङ-त्सी नदीको छेउछाउमा अवस्थित वु राज्यमाथि धावा बोल्न भनेर ठूलो संख्यामा सैनिकहरु पठाएको थियो र केही दिनमै वै राज्यको सेना वु राज्यको सिमानादेखि नजिकै पुगी हमलाका लागि अनुकूल मौका पर्खन भनेर नदीको किनारामा छाउनी बनाएर बसे।

शु राज्यका मार्शल चौ युले वै राज्यका सेनाको अवस्था बारे अध्ययन गरेपछि खास गरी बाँणको प्रयोग गरी आक्रमण गर्ने शत्रुहरुको सामना गरिछाड्ने निर्णय गरेका थिए। तर समश्या के रहेछ भने त्यस संग्राममा नभई नहुने एक लाख जति बाण छोटो समयभित्र कसरी बनाइसक्ने? किनभने तिनताकाको वु राज्यमा भएका कारिगरहरुको क्षमता अनुसार यति बाण बनाउनका लागि कम्तिमा पनि दश दिन चाहिन्छ। तर वु राज्यको प्रतिरक्षाका लागि दश दिन पर्खनु हुँदैहुँदैन।