भागिरहेको शंकास्पद तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनको अतिथि?
2021-12-08 20:18:08cri
Share with:

भागिरहेको शंकास्पद तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनको अतिथि?_fororder_座上1.PNG

हङकङलाई अराजक पारेर फरार लो क्वानछ्वुङ नामक व्यक्तिले हालै अमेरिकाको निमन्त्रणामा तथाकथित "प्रजातान्त्रिक शिखर सम्मेलन" मा भाषण दिने दाबी गरेको छ। फरार अपराधी संदिग्धलाई सम्मानित अतिथिको रूपमा मान्ने अमेरिकाको गतिविधि कति अचम्मलाग्दो छ। जसबाट अमेरिकाले प्रजातन्त्रको नाममार्फत् हङकङका विद्रोहीहरूलाई आश्रय दिने र चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने दुष्ट मनसाय पूर्ण रूपमा सार्वजनिक मात्र नभई, विश्वलाई अमेरिकाले बोलेको "प्रजातन्त्र" को कपटी र "दोहोरो मापदण्ड" पनि देखाएको छ।

लो क्वानछ्वुङ को हो? यो मान्छे हङकङको स्वतन्त्रताको पक्षधर हो र अमेरिका तथा पश्चिमाबाट सहयोग गरिएको चीनविरोधी तथा हङकङलाई अराजक पार्ने तत्व हो। उसले धेरैपटक राष्ट्रलाई पृथक पार्ने भनाइ व्यक्त गर्नुका साथै हङकङका युवाहरूलाई अपराध गर्न उक्साएको थियो। हङकङ राष्ट्रिय सुरक्षा कानून कार्यान्वयनअघि लो क्वानछ्वुङ विदेश भागेर हङकङलाई अराजक पार्ने गतिविधिमा निरन्तर लागिरहेको थियो। सन् २०२० जुलाइमा हङकङ प्रहरीले राष्ट्रिय पृथकता उक्साउने र विदेशसँग मिलेर राष्ट्रिय सुरक्षामाथि खतरा पार्ने अपराधमा लो क्वाछ्युङ लगायत विदेशमा भागेका विद्रोहीहरूलाई पक्रिन माग गरेको छ।

भागिरहेको शंकास्पद तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनको अतिथि?_fororder_座上2.PNG

यस्तो भागिरहेको शंकास्पद व्यक्तिले कसरी हङकङवासीको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय जगतमा प्रजातन्त्र र मानव अधिकारबारे भाषण गर्नसक्छ? यदि अमेरिकी सरकारले चाहेको अपराधी अरू देशमा अतिथि बनाइएमा अमेरिकाले कस्तो विचार गर्ने त? त्यसो भए किन अमेरिकाले जनवरीमा अमेरिकी काँग्रेसमा आक्रमण गर्ने अराजक तत्वलाई सम्मेलनमा निमन्त्रणा नदिने?

चीनलाई एक्लो पार्न अमेरिकाले "प्रजातान्त्रिक शिखर सम्मेलन"मार्फत् वैचारिक भिडन्त गर्ने र अमेरिकाको नेतृत्वमा नयाँ प्रणाली तथा शिविरको सिर्जना गर्न खोजेको विश्लेषणहरू छन्।

तर यो षड्यन्त्र कहिल्यै सफल हुनेछैन। धेरै तथ्यले पुष्टि गरिसके, यद्यपि अमेरिकाले प्रजातन्त्रको झण्डा उठाए पनि कहिल्यै हङकङवासीको प्रजातन्त्र तथा मानव अधिकारको साँच्चिकै वास्ता गरेको छैन। उसले आफ्नो प्रभुत्ववादी फाइदामाथि मात्रै ख्याल गर्छ। सिंगापुरको "लियान्हे जाउपाउ" ले हालसालै राजनीतिक कार्टुन प्रकाशित गरेर तथाकथित "प्रजातन्त्रिक शिखर सम्मेलन" अमेरिकी सरकारबाट बनाइएको सर्कस शो मात्रै हो भनेर व्यंग्य गरेको छ।