अमेरिकी राजनीतिज्ञबाट थाइवान जल-डमरूको धम्की
2021-12-09 20:33:56CRI
Share with:

अमेरिकी राजनीतिज्ञबाट थाइवान जल-डमरूको धम्की_fororder_QQ图片20211209190629

अमेरिकी निर्देशनमा तथाकथित “प्रजातान्त्रिक शिखर सम्मेलन” आजदेखि सुरू भएको छ। थाइवानको स्वतन्त्रता पक्षधरलाई समर्थन गर्नका लागि अमेरिकाले उसलाई उक्त प्रहसनमा सहभागी हुन निमन्त्रणा गरेको छ। जसबाट केही अमेरिकी राजनीतिज्ञले थाइवान मामिलामा वाचाको पालना नगर्ने र थाइवानमार्फत् चीनको विरोध गर्ने खतरनाक मनसाय देखाइएको छ।

वास्तवमा अमेरिका र थाइवान मिलेर उत्तेजक कार्वाही थाइवान जल-डमरू परिस्थिति चर्कांउन सक्ने मूल कारण हो। अमेरिकी सैन्य जहाजले धेरैपटक थाइवान जलडमरू पार गरेको, अमेरिकी सैन्य विमान धेरैपटक थाइवानमा अवतरण गरेको, थाइवान सत्तालाई कथित अन्तर्राष्ट्रिय ठाउँ विस्तार गर्न सहयोग गरेको, थाइवानलाई कथित प्रजातान्त्रिक शिखर सम्मेलनमा निमन्त्रणा दिएको, यी सबै विगत ८ महिनामा अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा गरेका प्रयास हुन्। अमेरिकाको कार्वाही थाइवान जल-डमरूको स्थिरताको सुरक्षा गर्नु होइन, संकटका लागि उक्साउनु हो।

अमेरिकी राजनीतिज्ञबाट थाइवान जल-डमरूको धम्की_fororder_QQ图片20211209190624

एक चीन नीति र चीन-अमेरिकाबीच तीनवटा संयुक्त बुलेटिन चीन र अमेरिकाको सम्बन्धको राजनीतिक आधार हो। यसका लागि अमेरिकी सरकारहरूले स्पष्ट प्रतिबद्धता जनाएका थिए। तर अमेरिकी सरकारले एकातिर एक चीन नीतिको पालना गर्ने र थाइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने भनिरहँदा, अर्कातिर थाइवानलाई देशको रूपमा मानेर थाइवानको स्वतन्त्रता पक्षधरलाई समर्थन दिएको छ। आफ्नो वचनको  उल्लंघन गर्ने कार्वाही कति लाजलाग्दो।

अमेरिकाको तथाकथित सैन्य र कूटनीतिक धम्कीको कुनै प्रभाव छैन। विश्वव्यापी अधिकाँश देशहरूले एक चीनको नीतिको पालना गर्ने दृढ परिस्थितिमा अमेरिकाको कार्वाहीले परिवर्तन पनि गर्न सक्दैन। चिनियाँ जनताले राष्ट्रिय सार्वभौमिकता र भूभागको अखण्डताको संरक्षण गर्ने अठोट सुदृढ छ। चीन एकीकरण हुने ऐतिहासिक प्रक्रियालाई कसैले पनि रोक्न सक्दैन। थाइवानमार्फत् चीनको विरोध गर्ने कुनै पनि मनसाय असफल हुनेछ।