चीनको परम्परागत सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बन्दै
2021-12-10 14:37:03cri
Share with:

 

चीनको परम्परागत सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बन्दै_fororder___172.100.100.3_temp_16_1_16_1_1_95a5d6d8-d730-46c7-aed7-825122da7d57

पानामा सरकारले हाल सन् २०२२देखि चिनियाँ पात्रोअनुसार नव वर्षलाई पानामाको राष्ट्रिय चाड निश्चित गर्न घोषणा गरेको छ, साथै वसन्त चाड मनाउने कार्यक्रमलाई पानामाको अन्तर्राष्ट्रिय पर्यटकीय प्रचार-प्रसार योजनामा थपिदिएको छ। पानामाका लागि चिनियाँ राजदूत वै छ्याङले चिनियाँ परम्परागत सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बनिसकेको, चीन र पानामाले भविष्यमा अनेकौं क्षेत्रहरूमा व्यवसायिक सहयोग सबल पार्ने कुरा बताउनुभयो।

सन् २०२२को “रमाइलो वसन्त चाड”कार्यक्रम पानामाले पहिलो पटक सरकारको नाउँमा ‌औपचारिक रुपमा प्रस्तावित गर्ने वसन्त चाड मनाउने राष्ट्रिय स्तरको कार्यक्रम हो। राजदूत वैले पानामा सरकारले उक्त निर्णय गरेको पृष्ठभूमिबारे जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ “पानामा त्यति ठूलो छैन, जनसंख्या पनि त्यति बढी छैन। तर पानामामा बसोबास गर्ने चिनियाँहरू र चिनियाँ मूलका पानामेनियन धेरै छन्। तथ्यांकअनुसार, पानामामा बसोबास गर्ने चिनियाँ र चिनियाँ मूलका पानामेनियनको संख्या तीन लाख बराबर छ। यसले पानामाको जनसंख्याको ७प्रतिशतदेखि ८प्रतिशतसम्म ओगटेको छ। साढे एक शताव्दीको अवधिमा पानामामा बसोबास गर्ने चिनियाँहरूले आफ्नो विकास गर्नुका साथै पानामाको अर्थतन्त्र, समाज, सँस्कृतिआदि क्षेत्रहरूको विकासका लागि विशेष योगदान दिएका छन्। चिनियाँ परम्परागत सँस्कृति खास गरी खाद्यपदार्थ सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बनिसकेको छ। चीन र पानामाबीचको दौत्य सम्बन्धको स्थापना भएको चार वर्षयता पानामाका लागि चिनियाँ राजदूतावास र चीनका सम्बन्धित विभाग र संस्थानको समर्थनमा चिनियाँ परम्परागत चाडसम्बन्धी कार्यक्रमको अझै राम्रोसँग आयोजना भैरहेको छ।”

हाल पानामाको महामारी अवस्था शिथिल भएको छ। यस्तो पृष्ठभूमिमा पानामाको सँस्कृति मन्त्रालय, पर्यटन मन्त्रालय र चिनियाँ जातीय समितिको साझा प्रस्तावमा चीनको पात्रोअनुसार नव वर्षको उपलक्ष्यमा पानामामा बसोबास गर्ने चिनियाँ समुदाय र पानामाका लागि चिनियाँ राजदूतावासले सन् २०२२ वसन्त चाड कार्यक्रमको आयोजना गर्ने छन्।  

राजदूत वैकाअनुसार, पानामाका लागि चिनियाँ राजदूतावासले पानामाका सम्बन्धित विभाग र चीनका सम्बन्धित विभागसँग मिलेर पानामाका जनताका लागि नव वर्षको साँस्कृतिक कार्यक्रम देखाउने छ। यसका साथै पानामाको राष्ट्रिय पर्यटन व्यूरोले चीनको वसन्त चाडको साँस्कृतिक कार्यक्रमलाई पानामाको अन्तर्राष्ट्रिय पर्यटकीय प्रचार-प्रसार योजनामा थपिदिने छ। राजदूत वैले पानामा सरकारले चीनको परम्परागत सँस्कृतिकसम्बन्धी कार्यक्रमहरूमार्फत पानामाको उपभोग ल्याउनसकिने आशा लिएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “महामारीबाट पानामाको अर्थतन्त्रमा गम्भीर ह्रास आएको छ। हाल पानामा सरकारले आर्थिक पुनरुत्थान गर्न प्रयास गर्दैछ। पर्यटन व्यवसाय पानामाको महत्वपूर्ण आर्थिक टेवा हो। तर महामारीबाट पर्यटनमा गम्भीर असर परेको छ। आगामी वर्ष चीनको पात्रोअनुसार नव वर्ष आउनलागेको बेलामा पानामा सरकारले चीनको वसन्त चाडको साँस्कृति कार्यक्रमको आयोजना गर्ने उद्देश्य पर्यटकहरूलाई घुम्न पानामा जान आकर्षित गर्नु र उपभोग ल्याउनु हो।”

सन् २०१७ जुन महिनामा चीन र पानामाले राजदूतस्तरीय कूटनीतिक सम्बन्धको स्थापना गरेका थिए। राजदूत वैकाअनुसार, दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएको चार वर्षयता दुई मुलुकको सहयोग विकास भएको छ। भविष्यमा दुई पक्षले सहयोगलाई निरन्तर रुपमा सबल पार्ने छन्।