चीन र निकारागुवाबीच दौत्य सम्बन्धको पुनर्स्थापना
2021-12-10 15:59:52CRI
Share with:

चीन र निकारागुवाबीच दौत्य सम्बन्धको पुनर्स्थापना_fororder_IMG_2699.PNG

निकारागुवाले थाइवान सत्तासँगको दौत्य सम्बन्ध भंग गर्ने घोषणा गरेपछि चीन र निकारागुवाले १० तारिख दौत्य सम्बन्ध पुनर्स्थापना  गरेका छन्। हालसम्म विश्वमा १८१ वटा देशहरूले चीनसँग दौत्य सम्बन्ध स्थापना गरेका छन्। जसबाट एक चीनको नीति अन्तर्राष्ट्रिय जगतको सामान्य सहमति बनेको छ,  प्रवृत्ति बनेको छ र कुनै पक्षधरले रोक्न सक्दैन भन्ने पनि पुष्टि गरिएको छ।

विश्वमा एक मात्रै चीन छ। जनगणतन्त्र चीन सरकार चीनको प्रतिनिधित्व गर्ने एक मात्रै वैधानिक सरकार हो। थाइवान चीनको अविच्छिन्न भाग हो। यो ऐतिहासिक तथा न्यायिक तथ्य हो र व्यापक रूपमा स्वीकृत अन्तर्राष्ट्रिय सम्बन्धको नियम हो। केही वर्षयता धेरै देशहरूले थाइवानसँगको सम्बन्ध भंग गरेर जन गणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापना वा पुनर्स्थापना गरेका छन्। उनीहरूले विश्वको प्रवृत्तिबारे उचित फैसला गरेर स्वदेशी फाइदा तथा जनताको इच्छा बमोजिम उचित छनौट गरेका छन्।

वास्तवमा अन्तर्राष्ट्रिय जगतमा थाइवान सत्ताले पैसा कूटनीति गर्नुको उद्देश्य उक्त देश वा क्षेत्रलाई सहयोग गर्न होइन बरू चीनको पृथक पार्नखोज्नु हो। हाल थाइवान सत्ताले निकारागुवाका लागि सबै सहयोग तथा सहायता योजना चौतर्फी रूपमा रोक्नुका साथै सम्बन्धित प्रतिनिधि फिर्ता बोलाएको छ। जसले उसको पैसा कूटनीतिको वास्तविकता देखाइएको छ।

चीनको एकता रोकन नसक्ने ऐतिहासिक प्रवृत्ति हो। थाइवान केही अमेरिकी राजनीतिज्ञको ‘बार्गेनिङ टुल’ पनि होइन। यदि थाइवान सत्ताले निरन्तर रूपमा अमेरिकामा भर परेर स्वतन्त्रता खोजिरहेमा अझ बढी असफलता भेट्नेछ।