अमेरिकी प्रशासनका लागि जोकरहरूको खराब प्रदर्शन
2021-12-11 19:35:53CRI
Share with:

अमेरिकी प्रशासनका लागि जोकरहरूको खराब प्रदर्शन_fororder_IMG_2716.PNG

अमेरिकाद्वारा आयोजित तथाकथित “प्रजातान्त्रिक शिखर सम्मेलन” १० तारिख  पूरा भयो। सो क्रममा हङकङलाई अराजक पारेर भागिरहेको लो क्वानछ्वुङ, थाइवान सत्ताको प्रतिनिधि थाङ फङले जोकरजस्तै खराब प्रदर्शन गरेका छन्।

लो क्वानछ्वुङ हङकङलाई अराजक पारेर अपराधको डरले फरार रहेको मान्छे, आधुनिक देशद्रोही र अमेरिका तथा पश्चिमाबाट धेरै वर्षदेखि हुर्काइएको ठग हो। यस्तो मान्छेले अमेरिकाको सम्माननीय अतिथिको रूपमा कथित प्रजातान्त्रिक शिखर सम्मेलनमा हङकङ तथा देशमाथि दोष लगाएको र राजनीतिक झूट प्रसारण गरेको छ, यो लोकतान्त्रिक मूल्य मान्यतालाई गम्भीर रुपमा कुल्चिएर अपवित्र पारेको छ।

अमेरिकाको निमन्त्रणामा भाषण गर्ने अर्को मान्छे थाइवान सत्ताको प्रतिनिधि थाङ फङ थाइवान सत्ताले भाडामा लिएका इन्टरनेट लेखकहरूका नाइके हो। यी इन्टरनेट लेखकहरू हिंसा र भिडन्त उक्साउनुका साथै निर्वाचनमाथि हस्तक्षेप गर्ने प्रजातन्त्राका शत्रु हुन्। हङकङ मिडियाकाअनुसार, हङकङमा भएको हिंसात्मक घटना पछाडि थाङ फङको नेतृत्वमा रहेको इन्टरनेट लेखकहरूको प्रभाव छ। उनले भिडियोमार्फत् प्रकाशित तथाकथित “राष्ट्रिय वक्तव्य”ले फेरि एकपटक एक चीनको नीतिमाथि उत्तेजना फैलाएको छ। अमेरिकाले थाइवानको स्वतन्त्रता पक्षधरलाई दिएको समर्थनबाट हेर्दा यो थाइवान जलडमरूमा नयाँ तनावपूर्ण अवस्था देखा पर्नुको मूल कारण हो। 

सम्मेलनको साथसाथै अमेरिकी अर्थमन्त्रालयले चीनका धेरै व्यक्ति तथा संस्थामाथि नाकाबन्दी गर्ने घोषणा गरेको छ। अमेरिकी शैलीको प्रजातन्त्रले फेरि प्रभूत्वको साँचो रंग देखाएको छ। रूसी उपविदेशमन्त्री र्याबकोभले भन्नुभएको जस्तै, यदि अमेरिकाले उक्त सम्मेलनको नामलाई “विश्व प्रभुत्व शिखर सम्मेलन” परिवर्तन गरेमा अझै सदिच्छापूर्ण र उचित हुनेछ। तर चीन कहिल्यै पनि नाकाबन्दीले तर्साइएको छैन। अमेरिकाको नाकाबन्दीले चीनको विकास पाइलालाई पनि रोक्न सक्दैन।