स्थिरताको महत्वपूर्ण अर्थ
2021-12-11 21:10:53CRI
Share with:

स्थिरताको महत्वपूर्ण अर्थ_fororder_IMG_2719.PNG

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वार्षिक आर्थिक कार्य सम्मेलन डिसेम्बर ८-१० तारिखसम्म पैचिङमा आयोजित भएको छ। सिंगापुरको “ल्यानह चाउपाउ”नामक अखवारले सम्मेलनबाट अर्थतन्त्रलाई स्थिर पार्ने बलियो सूचना देखाइएको टिप्पणी गरेको छ। सम्मेलनको बुलेटिनमा २५पटक स्थिर वा स्थिरता उल्लेखित भएको जानकारी ब्लूमबर्गले दिएको छ।  

वार्षिक केन्द्रिय आर्थिक कार्य सम्मेलन बाहिरी संसारबाट आगामी वर्ष चिनियाँ आर्थिक नीतिको वायुप्रवाहका रूपमा मानिएको छ। उक्त सम्मेलनले ‘आगामी वर्षको आर्थिक कार्यमा सर्वप्रथम स्थिरता र स्थिरताका साथ अगाडि जाने’विषय स्पष्ट रूपमा प्रस्तुत गरेको छ। सम्मेलनले तोकेका सात प्रमुख नीतिहरूमध्ये पहिलो कार्य समग्र नीति स्थिर र प्रभावकारी हुनुपर्ने हो।

स्थिरताको महत्वपूर्ण अर्थ_fororder_IMG_2720.PNG

वास्तवमा स्थिरता भन्ने विकास धुन भएकाले चालू वर्ष चिनियाँ अर्थतन्त्रले विविध कठिनाइको सामना गरेर स्थिरताका साथ विकसित भएको छ। चिनियाँ अर्थतन्त्रको स्थिरता तथा पुनरूर्त्थानबाट चीनमा लगानी गर्ने विदेशी व्यवसायहरूले धेरै फाइदा पाएका छन्। तथ्याङ्कका अनुसार, अमेरिकी गाडी कम्पनी टेस्लाले नोभेम्बरमा मात्रै ५२८५९वटा चिनियाँ कारखानाबाट उत्पादित गाडि विक्री गरेको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा १११प्रतिशतले बढेको छ। यस अंकले टेस्लाको शेयर मूल्य बढाएको छ।

११ तारिख चीन डब्लुटीओमा भाग लिएको ठीक बीसौं वार्षिकोत्सव हो। बीस वर्षमा चीनको अर्थतन्त्रले ठूलो विकास र उपलब्धि हासिल गराएको छ। भविष्यमा चीनले बहुपक्षीयताताको निरन्तर पालना गरेर सक्रिय रूपमा उच्चस्तरीय अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियम लागू गर्नुका साथ उच्चस्तरीय खुलापनलाई विस्तार पारी दुवै चीन र विश्वको अझ बढी जीत ल्याउनेछ।