केही मुलुकले पदाधिकारी नपठाउने निर्णयबाट पैचिङ हिउँदे ओलम्पिक खेलकुद प्रभावित नहुने #हिउँदेओलम्पिक
2021-12-14 18:57:07cri
Share with:

केही मुलुकले पदाधिकारी नपठाउने निर्णयबाट पैचिङ हिउँदे ओलम्पिक खेलकुद प्रभावित नहुने #हिउँदेओलम्पिक_fororder_IMG_1420.PNG

हाल अमेरिका र बेलायत लगायतका केही मुलुकले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा पदाधिकारी नपठाउने दाबी गरेका छन्। चीनले कहिल्यै पनि ती सम्बद्ध मुलुकलाई निमन्त्रणा दिएको छैन। त्यसैगरी उनीहरूको उक्त दाबी वास्तवमा राजनीतिक नाटक मात्र रहेको छ। के भन्नसकिन्छ भने उनीहरूका पदाधिकारी आउने कि नआउने कुराबाट पैचिङ हिउँदे ओलम्पिक खेलकुदलाई कुनै पनि प्रभाव हुने छैन।

“ओलम्पिक चार्टर”मा स्पष्टसँग के प्रष्ट गरिएको छ भने खेलकुदमा राजनीतिक निष्पक्षता भन्ने सिद्धान्त निकै महत्वपूर्ण छ। साथै ओलम्पिया नयाँ वाक्यमा पनि “अझ एकता” भन्ने कुरालाई जोड दिइएको छ। तर केही मुलुकले आफ्नो भेदभावपूर्ण विचार लिएर खेलकुदलाई राजनीतिकरण गरेको काम ओलम्पिया सिद्धान्त विपरीत हुनुका साथै आफ्नो मुलुकका खेलाडी लगायत विभिन्न मुलुकका खेलाडीहरूको साझा हितमा हानी पुर्‍याएका छन्। त्यस्ता कारवाहीको अन्तर्राष्ट्रिय समाजले विस्तृत रूपमा विरोध गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहले “राजनीतिकरणले ओलम्पियाको भविष्यलाई त्रास धम्की दिने” चेतावनी पनि गर्नुभएको छ।

हाल संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आमन्त्रित भई पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गर्नुभएको छ। अमेरिका र बेलायत लगायतका केही मुलुकले समस्त ओलम्पिक परिवारको प्रतिनिधित्व गर्न सक्दैनन्। पैचिङ हिउँदे ओलम्पिक खेलकुद सफलताका साथ आयोजना गरिने छ भन्ने विश्वास नै अन्तर्राष्ट्रिय समाजको साझा मन्तव्य रहेको छ।