चु क ल्याङले तीन दिनभित्र एक लाख जति बाण तयार गर्नसक्ने वचन दिइसके तापनि पहिलो दिन कुनै प्रयास नभएको, दोस्रो दिन यस्तै भएको र तेस्रो दिन आउन लागे तापनि एउटा बाण पनि देख्न नपाएकाले सबै नै चिन्तित हुनथाले। किनभने समयमै कार्यभार पूरा गर्न नसकिएमा चुको प्राण नै उड्ने पक्का छ। तेस्रो दिनको मध्यरातमा अरुले चाल नपाउने गरी चुले लु सुलाई एउटा सानो डुँगामा बोलाए। लु सुले "केका लागि मलाई यहाँ बोलाउनुभएको हँ?" भनेर सोधे। चुले "हजूर मसँगै बाण लिन जानुहोस् न" भने। लु सुले शंका लागेर फेरि सोधे--"कहाँ लिन जाऔं भन्या?" चुले मुसुक्क हाँस्दै जवाफ दिए- "बेला आइपुगेपछि हजूरलाई थाहा भइहाल्छ नि!" यति भन्दै चुले ती बीसवटा डुंगालाई लामो डोरीले आपस्तमा जोडे वै राज्यको सैनिक छाउनी रहेको स्थानतर्फ जान आदेश जाहेर गरे। त्यसै राति पूरै संसारलाई बाक्लो कुहिरोले छोपेको जस्तो भान हुन्थ्यो। नदीको जल-क्षेत्रमाथि आफ्नो हातका औंला समेत स्पष्टसँग देख्न सकिन्दैनथ्यो। तर कुहिरो जति-जति बाक्लो हुन्थ्यो, उति-उति नै छिटछिटै अघि बढ्दैजान चुले आफ्नो डुंगा-दललाई निर्शेदन दिए। गन्तव्यस्थल पुगेपछि चुले डुंगा-दललाई शत्रुका सामुन्ने तेर्सिएर बस्न र डुंगामा रहेका जवानहरुलाई नगरा बजाउँदै कराउन अह्राए। लु सुले अति त्रसित भई चुलाई भने--"ओहो, हाम्रा यी बीसवटा डुंगामा तीन सय चानचुन जवानहरु मात्र छन। वै राज्यका सैनिकहरु हामीसित लड्न आएमा हामी पक्कै पनि मर्छौं।" चु क ल्याङले भनर् मुसुमुसु हाँस्दै भने: म ठोकुवा गरेर भन्छु कि यस्तो बाक्लो कुहिरो लागेको अवस्थामा शत्रुहरु बाहिर निस्केर आउँदैनन, हामी ढुक्क भएर रक्सी पिउँदै हेरौं न त" भनेर सम्झाए।"