खराब तथ्याङ्कले “अमेरिकी ढाँचाको प्रजातन्त्र”लाई उदाङ्गो बनाउँदै #कोभिड१९
2021-12-15 18:45:28cri
Share with:

खराब तथ्याङ्कले “अमेरिकी ढाँचाको प्रजातन्त्र”लाई उदाङ्गो बनाउँदै #कोभिड१९_fororder_IMG_1424.PNG

डिसेम्बर १३ तारिखसम्म अमेरिकामा निश्चित नयाँ कोरोना महामारी संक्रमितको संख्या ५ करोडभन्दा बढी पुगेको छ भने मृतकको संख्या ८ लाख हाराहारी छ। संक्रमित र मृत्यक दुवै नै विश्वको पहिलो स्थानमा पुगेका छन्। अमेरिकी जोहन्स होप्किन्स विश्वविद्यालयले पछिल्लो तथ्यांकलाई सार्वजनिक गरेको हो।

५ करोड र ८ लाख २ वटा दुखित अङक हेर्दा अधिकांश अमेरिकीहरूलाई धेरै दु:ख र क्रोध लागेको सहजै अनुमान गर्न सकिन्छ। सधैं नै प्रजातन्त्र र मानव अधिकारलाई आफ्नो मुखमा उठाउने अमेरिकी राजनीतिज्ञहरूको साहस कहाँ छ र यतिबेला?

बाह्य जगतले स्पष्टसँग देखेको छ कि महामारी प्रतिरोधात्मक कार्य शुरू हुने बित्तिकै दिमागमा आफ्नो राजनीतिक हित मात्र बोकेका अमेरिकी राजनीतिज्ञहरूले सधैँ अवरोध लगाएका छन्।

हालको अवस्थाबाट हेर्दा नयाँ कोरोना महामारीले अमेरिकी समाजलाई पुर्‍याएको हानी सार्वजनिक स्वास्थ्य क्षेत्रको हानीभन्दा अझ बढी देखिएको छ। अधिकांश व्यवसाय खत्तम भएको सिलसिलामा थुप्रै अमेरिकी सर्वसाधारण लामो समयसम्म बेरोजगार रहेका छन्। खुकुलो मुद्रा नीतिबाट अमेरिकी मुद्रास्फितिलाई निरन्तर रूपमा उत्तेजित गरिँदै आएको छ। गत नोभेम्बरमा अमेरिकी सीपीआई गत वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले बृद्धि भएकाले बितेका ४० वर्षको नयाँ कीर्तिमान सिर्जना भएको छ।

५ करोड र ८ लाख २ वटा दुखित अङकले वाशिङ्टन राजनीतिज्ञसमक्ष पुन:एकपल्ट चेतावनी ढोल बजाएको छ। उनीहरूले सर्वसाधारणको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर साँच्चिकै जनतालाई पहिलो स्थानमा राख्नुपर्ने छ।