प्रजातन्त्र कोका-कोला होइन
2021-12-15 16:21:01cri
Share with:

----------अजय अलौकिक

प्रजातन्त्र कोका-कोला होइन_fororder_src=http___p3.itc.cn_images01_20210107_1b03cc62e3744c36b1b3f4f4d0418ec0.jpeg&refer=http___p3.itc

पच्चिस सय वर्षअघि ग्रीसबाट प्रजातन्त्र प्रणाली सुरू भएको मानिन्छ। यही प्रजातन्त्रलाई अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनद्वारा गरिएको व्याख्या जनताद्वारा जनताकालागि जनताको शासनलाई नै प्रजातन्त्रको मूल मर्म या अर्थको रूपमा बुझ्ने गरिन्छ। यसर्थ यो प्रजातन्त्र भनेको जनता नै सर्वेसर्वा मानेर सञ्चालन गरिने शासन व्यवस्था हो। जनता केन्द्रीत रहे तापनि यसको शासन व्यवस्था, प्रणाली र बुझाइ तथा व्याख्या र परिभाषा समय परिस्थिति र देश अनुसार तथा विज्ञ र विद्वान तथा नेता अनुसार भिन्न भिन्न पाइन्छन्। यस मानेमा, कुनै देश र त्यहाँको माटो सुहाउँदो तरिकाबाट गरिने जनताद्वारा जनतकालागि जनताको शासन नै प्रजातन्त्र हो।

यस बाहेक, वर्तमान अवस्थामा, मत र मतपेटिकालाई मात्र प्रजातन्त्र मान्न नहुने आवाज पनि बुलन्द भइरहेको छ। एक पटक मत पाएपछि उक्त निर्वाचन क्षेत्र नफर्कने नेता तथा जनताको विचार नबुझी सत्तामा रहेर जनादेशको नाममा अहम्पूर्वक शासन लाद्ने प्रणालीलाई प्रजातन्त्र भन्न नमिल्ने जिकिर पनि गरिरहेका छन्। जनतासँग मतदानको राजनीतिक अधिकार रहे तापनि शासन, व्यवस्था, शक्ति र नीति नियमको निर्माण तथा कार्यान्वयनमा जनता निरिह रहने गरेको हामीले नै देखेका र भोगेका छौँ।

प्रजातन्त्र कोका-कोला होइन_fororder_src=http___n1.itc.cn_img8_wb_recom_2016_04_21_146123102497993799.JPEG&refer=http___n1.itc

यसै गरी, विश्व भर प्रजातन्त्रलाई अमेरिका तथा पश्चिमाले राजनीतिक हतियार बनाउँदैआएको पनि छ। दोस्रो विश्व युद्धको अन्त्यपछि अमेरिकाले प्रजातन्त्र र मानवअधिकारको मतियार, पक्षधर र संरक्षकको नारा लगाउँदै विभिन्न देशमा अतिक्रमण तथा आन्तरिक मामिलामा हस्तक्षेप गर्दैआएको छ। अमेरिकी तथा पश्चिमाले प्रजातन्त्रको प्रचार प्रसारसँगै आफ्नो प्रणाली तथा मूल्य मान्यतालाई अन्य देशमा थोपर्न खोज्दाको उथलपुथल र दृष्टान्त हामीसँग छ।

चीनको मानवअधिकार अनुसन्धान परिषद्द्वारा सार्वजनिक एक प्रतिवेदन अनुसार दोस्रो विश्व युद्ध समाप्त भएदेखि सन् २००१ सम्म विश्वका १५३ क्षेत्रमा २४८ वटा सशस्त्र द्वन्द्व गराइएको छ। यी मध्ये २०१ वटा द्वन्द्वमा अमेरिका संलग्न रहेको देखिएको छ। पछिल्लो समय चीनमाथि पनि आँखा गाड्दै अमेरिकाले प्रजातन्त्रको नारा फलाक्दै आएको छ। अनि चीनले अमेरिकालाई यसरी जवाफ फर्काएको छ, प्रजातन्त्र अमेरिकी उत्पादन कोकजस्तै विश्वभरि उस्तै स्वाद हुनु जरूरी छैन।

चिनियाँ विदेश मन्त्री वाङ यीले गत अप्रिल २३ तारिख बेइजिङबाट परराष्ट्र सम्बन्धमा अमेरिकी परिषद्सँगको भिडियो वार्तामा पहिलो पल्ट प्रजातन्त्र कोका-कोला होइन भनी जोड दिएका थिए। ‘प्रजातन्त्र भनेको कोका- कोला होइन, जुन अमेरिकाले उत्पादन गरेको सिरपजस्तै विश्वभरि उस्तै स्वाद होस्। जो जसले चीन अमेरिका सम्बन्धलाई प्रजातन्त्र र अधिनायकवादबीचको प्रतिस्पर्धाको रूपमा लिन्छ, उसले भ्रमपूर्वक साझा मूल्यको प्रजातन्त्रलाई राजनीतिक प्रणालीको प्रजातन्त्रको रूपमा लिएर मौलिक गल्ती गर्दछ। मलाई आशा छ, अमेरिकाले चीनको बाटो र प्रणालीको स्वतन्त्र छनौटको सम्मान र सहन गर्ने छ।’ उक्त वार्तामा उनले यसो भनेका थिए।

‘चीनमा प्रचलित समाजवादी प्रजातान्त्रिक राजनीति एक प्रकारको समग्र प्रक्रियासहितको व्यापक प्रजातन्त्र हो, जसले जनताको इच्छाको पालना गर्दछ र चीनको राष्ट्रिय अवस्थासँग अनुकुल छ साथै जनताको समर्थन छ,’ विदेश मन्त्री यीले औँल्याएका थिए। अमेरिकाको भन्दा फरक व्यवस्था तथा रूप देखिँदैमा चीनलाई निरंकुश वा तानाशाहीको लेबल दिनु आफैमा अलोकतान्त्रिक अभिव्यक्ति हो।

गत अक्टुबरमा केन्द्रीय समितिको जनकाङ्ग्रेस कार्यकारी सम्मेलनलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले समग्र प्रक्रियासहितको जनताको प्रजातन्त्रबारे आफ्नो धारणा पुनःप्रस्तुत गरेका थिए। उनले गहन रूपमा समग्र प्रक्रियासहितको जनताको प्रजातन्त्रबारे प्रकाश पार्दै घरका मालिक बन्ने जनताको अधिकारलाई प्रत्याभूति दिने र जनताको वास्तविक चाहनाको समाधान गर्ने प्रजातान्त्रिक व्यवस्था भएको औँल्याएका थिए। समग्र प्रक्रियासहितको जनताको प्रजातन्त्रको अवधारणाबारे राष्ट्रपति सीले सन् २०१९ नोभेम्बरमा साङहाईको भ्रमण क्रममा पहिलो पटक चर्चा गरेका थिए। त्यसै गरी चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको एक सयौँ वार्षिकोत्सवको अवसरमा गत जुलाईमा पनि राष्ट्रपति सीले यस सम्बन्धमा चर्चा गरेका थिए।

प्रजातन्त्र कोका-कोला होइन_fororder_src=http___nimg.ws.126.net__url=http%3A%2F%2Fdingyue.ws.126.net%2F2021%2F1124%2Ff7b5b3edj00r32k44001jc000hs00cag&thumbnail=650x2147483647&quality=80&type=jpg&refer=http___nimg.ws.126

‘हामीले तनमनले जनताको सेवा गर्ने आधारभूत सिद्धान्तको पालना गर्नुपर्छ र जनताको अडानमा दृढताका साथ रहनुपर्छ। जनताको अग्रगामी भावनाको सम्मान गर्नुपर्छ। हामीले जनता केन्द्रीत विकास अवधारणालाई व्यवहारमा उतार्नुपर्छ। हामीले समग्र प्रक्रियासहितको जनताको प्रजातन्त्रलाई पछ्याउँदै सामाजिक निष्पक्षता र न्यायको संरक्षण गर्नुपर्छ र असन्तुलित विकास तथा अपूर्ण समस्याहरु एवम् समाधान गर्न बाँकी जनताका अरू जरूरी समस्याको समाधानमा ध्यान दिनुपर्छ।’ सीले यसरी सम्बोधन गरेका थिए।

विश्वको सबैभन्दा ठूलो सत्तारूढ पार्टीको रूपमा स्थापना कालदेखि नै चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई आफ्नो घरको मालिक बनाउने महत्त्वपूर्ण कार्यभारलाई व्यवहारमा उतार्दैआएको छ। नयाँ चीन स्थापना भएपछि जन काङ्ग्रेस व्यवस्था, बहुपार्टी सहकार्य र राजनीतिक परामर्शदातृ सम्मेलन जस्ता राजनीतिक प्रणालीमार्फत् चिनियाँ कम्युनिस्ट पार्टीले देशका सबै अधिकार जनतामा निहित रहेको कुराको प्रत्याभूति दिँदै आएको छ। आगामी दिनमा पनि चीनले चिनियाँ विशेषतायुक्त समाजवादी प्रजातान्त्रिक राजनीतिक पथलाई दृढताका साथ कायम राख्नुका साथै समग्र प्रक्रियासहितको जनताको प्रजातन्त्रलाई निरन्तर रूपमा विकास गर्दै जाने छ।

चिनियाँ राष्ट्रपतिले इतिहासलाई सन्दर्भको रूपमा लिएर भविष्यको सिर्जना गर्दा चिनियाँ जनताको नेतृत्व गर्दै अझ सुन्दर जीवनकालागि अथक प्रयास गर्नुपर्ने बताउँदै देश नै जनता र जनता नै देश भएको बारम्बार उल्लेख गर्दैआएका छन्।

प्रजातन्त्र कोका-कोला होइन_fororder_src=http___nimg.ws.126.net__url=http%3A%2F%2Fdingyue.ws.126.net%2F2021%2F0702%2Ffce3a756j00qvme5e006rc0017000u0m&thumbnail=650x2147483647&quality=80&type=jpg&refer=http___nimg.ws.126

‘देश जनता हो र जनता नै देश हो। देशको स्थापना गरेर रक्षा गर्ने केन्द्र जनताको मन नै हो। चिनियाँ कम्युनिस्ट पार्टीको जग जनतामा छ, प्राण जनतामा छ र शक्ति पनि जनतामै छ। चिनियाँ कम्युनिस्ट पार्टी व्यापक जनताको आधारभूत हितको प्रतिनिधित्व गर्दै जनतासँग घनिष्ट सम्बन्ध रहेकोले एक अर्कामा निर्भर छ। पार्टीसँग आफ्नो कुनै किसिमको विशेष स्वार्थ छैन र कहिल्यै कुनै विशेष चासो राख्ने समूह, कुनै शक्तिशाली समूह वा कुनै विशेषाधिकार प्राप्त वर्गको हितको प्रतिनिधित्व पनि गर्दैन।’ देश र जनताको नाममा राष्ट्रपति सीले यसरी उल्लेख गरेका थिए।

साथै उनले शतवार्षिकी सम्बोधनमा चिनियाँ कम्युनिस्ट पार्टीलाई चिनियाँ जनताबाट अलग पार्ने वा यी दुई पक्षलाई अलग्याउने कुनै पनि प्रयास कहिल्यै सफल नहुने भन्दै यस्तो अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीका ९ करोड ५० लाखभन्दा बढी सदस्यहरू र १.४ अर्ब चिनियाँ जनताले मान्यता नदिने पनि व्यक्त गरेका थिए।

वास्तवमा, चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई चिनियाँ शैलीको आधुनिकीकरणको बाटोमा सफलतापूर्वक अघि बढाएको छ। मानव सभ्यताको नयाँ रूप सिर्जना गर्नुकासाथै विकासोन्मुख देशहरूलाई आधुनिकीकरणको बाटोमा विस्तार गरेको छ। विशेष गरी सन् २०१२ यता चिनियाँ कम्युनिस्ट पार्टीले प्रजातान्त्रिक सिद्धान्त र अभ्यासलाई बढाउँदै जनतालाई प्रजातन्त्रको बाटोमा डोर्याउँदै ल्याएको छ। जनताका आवश्यकता पूरा गर्दै तथा जनताका समस्या समाधान गर्दै जनता नै देशको मालिक भन्ने नारालाई व्यवहारमा उतार्दैआएको छ।

प्रख्यात बेलायती विद्वान मार्टिन ज्याकका अनुसार, चीनको उदयले विकासोन्मुख देशहरूलाई विकासका लागि नयाँ बाटो र प्रेरणा प्रदान गरेको छ। चिनियाँ शैलीको आधुनिकीकरण पथलाई चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले सय वर्षको संघर्षपछि स्वतन्त्र रूपमा प्राप्त गरेका छन्। जसमा चीनको वास्तविकतासँग मेल खाने चिनियाँ विशेषताहरू छन्। यही चिनियाँ शैलीको आधुनिकीकरण पथको सफलताले पश्चिमा देशहरूलाई झस्काएको पनि छ।

यसै बीच, अमेरिकाले यही डिसेम्बर ९ र १० मा नेपालसहित ११० देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग डेमोक्रेसी समिटको घोषणा गरेको छ। भर्च्वल हुने यस समिटमा चीनलाई निमन्त्रण गरिएको छैन। यसै गरी, डिसेम्बर ४ तारिख चीनको राज्य परिषद् सूचना कार्यालयले ‘चाइनाः डेमोक्रेसी ड्याट् वर्क्स’ शीर्षकमा श्वेतपत्र जारी गरेको छ।

सही अर्थमा प्रजातन्त्र भनेको देश अनुकुल वैज्ञानिक तवरबाट जनमुखी शासन प्रणाली अपनाउँदै समग्र राष्ट्रको विकास सँगसँगै विश्वमा कल्याणकारी भूमिका खेल्नु हो। जनताको अपरिहार्य आवश्यकताको परिपूर्ति गर्दै शिक्षित र साक्षर बनाउने, प्राकृतिक प्रकोप, रोगव्याधि, महामारीमा समर्थन गर्ने, जनस्वास्थ्यमा ध्यान दिने, गरिबीबाट मुक्त गर्ने, सुविधा सम्पन्न बनाउने तथा सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्दै विदेशी हस्तक्षेप र आक्रमणबाट सुरक्षित राख्ने र बहुपक्षीयता, सहअस्तित्व र पास्परिकताका सिद्धान्तमार्फत् अन्तर्राष्ट्रिय सम्बन्धको प्रवर्द्धन गर्दै सुखद र शान्तिपूर्ण विश्वको चाहना नै प्रजातन्त्र हो।