चाइना मिडिया ग्रुपको मानागुवा प्रेस स्टेशन स्थापना
2021-12-16 15:32:05cri
Share with:

चाइना मिडिया ग्रुपको मानागुवा प्रेस स्टेशन स्थापना_fororder_QQ图片20211216153049

   डिसेम्बर १५ तारिख चाइना मिडिया ग्रुपको मानागुवा प्रेस स्टेशन मानागुवाको राजधानी मानागुवामा स्थापना भएको छ। यो चाइना मिडिया ग्रुपको १९०औँ विदेशस्थित प्रेस स्टेशन हो। सोही दिन आयोजित उद्घाटन समारोहमा चाइना मिडिया ग्रुप र मानागुवा सञ्चार तथा नागरिक मामिला समितिका प्रतिनिधिहरुले सहयोगात्मक आदानप्रदान सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौता-पत्र चीन र मानागुवाबीच दौत्य सम्बन्ध स्थापना भएयता पहिलो मिडिया सहयोगात्मक स‍म्झौता हो।

चाइना मिडिया ग्रुपको मानागुवा प्रेस स्टेशन स्थापना_fororder_QQ图片20211216153057

मानागुवाका राष्ट्रपतिका सल्लाहकार लौरेनो और्टेगाले उक्त उद्घाटन समारोहमा सम्बोधन गर्दै उक्त प्रेस स्टेशनको स्थापनाबाट दुई मुलुकबीच प्रथमतः मिडिया क्षेत्रको प्रभावकारी सहयोगलाई व्यवहारमा उतारिएको प्रमाण भएको बताउनुभएको छ। यसले यी दुवै मुलुकका जनताबीचको मित्रतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका सिर्जना गर्ने पनि बताउनुभयो।