चुनौतीको परीक्षण पार गरी प्रेरक शक्ति देखाउँदै चीन-रुस सम्बन्ध
2021-12-16 18:48:45cri
Share with:

चुनौतीको परीक्षण पार गरी प्रेरक शक्ति देखाउँदै चीन-रुस सम्बन्ध_fororder_微信图片_20211216184830

“हिउँदे ओलम्पिक खेलकुदमा हामी बीचमा भेट हुने प्रतीक्षामा छु।” “चीनको छिटै भ्रमण गरी पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिन म इच्छुक छु। ” डिसेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरी द्वीपक्षीय सम्बन्ध, व्यावहारिक सहयोग र अन्तर्राष्ट्रिय रणनीतिक सहयोग लगायत विषयहरुबारे डेढ घण्टासम्म छलफल गर्नुभएको छ। दुई पक्षले हिउँदे ओलम्पिक खेलकुदमा भेट हुने वचनबद्धता दिनु भएको छ, जसले दुई देशका राष्ट्रनायक बीचको गहन मित्रताको अभिव्यक्त गर्नुका साथै दुई पक्ष बीचको उच्च स्तरीय राजनीतिक विश्वासको साक्षी रहेको पुष्टि हुन्छ।

विगत एक सय वर्षको विशाल परिवर्तन र कोरोना महामारीको प्रभावमा विश्व उथलपुथल अवधिमा प्रवेश गरेको छ। चीन-रुस सम्बन्धले कसरी चुनौतीको परीक्षण पार गरी प्रेरक शक्ति देखाएको छ? दुई देशका राष्ट्रनायकको रणनीतिक नेतृत्व निर्णायक कुरा हो।

यस पटकको वार्ता चालु वर्षयता चीन र रुसका राष्ट्रनायक बीचको दोस्रो भिडियो वार्ता हुनुका साथै सन् २०१३ देखि दुवै पक्ष बीचको ३७ औं वार्ता पनि हो। विश्वमा उहाँहरु बीच जस्तै बारम्बार वार्ता भएको विरलै देखिन्छ। विगत ८ वर्षमा उहाँहरुले सँगै आइस हक्की प्रतियोगिताको अवलोकन गर्नुभयो, सँगै जन्म दिवस मनाउनुभयो, सँगै इक्स्प्रेस रेल चढ्नुभयो। उहाँहरु असल, पुराना र साँचो मित्र हुनुहुन्छ। राष्ट्रनायकबाट कुटनीतिक गतिबिधिको नेतृत्वमा चीन-रुस सम्बन्ध इतिहासको सबैभन्दा असल अवधिमा परिरहेको छ भने विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगमा निरन्तर रुपमा उपलब्धि हासिल भएको छ।

हाल विश्वमा केही शक्तिले “प्रजातन्त्र ” र  “मानव अधिकार” को निहुँ खोजेर चीन र रुसको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न खोजेका छन्। त्यसको सामना गर्न चीन र रुसले अरु बढी संयुक्त गतिबिधि चलाएर दुवै पक्षको सुरक्षा र हितको अरु प्रभावकारी रुपमा संरक्षण गर्नुपर्छ र विश्वको व्यवस्थापनमा अरु ठूलो आवाज उठाउनुपर्छ।