#समाचार सन्दर्भ# वाशिङ पाउडरको जादुई प्रभाव
2021-12-16 10:18:14CRI
Share with:

#समाचार सन्दर्भ# वाशिङ पाउडरको जादुई प्रभाव_fororder_01

सन् २००३ मा तत्कालीन् अमेरिकी विदेशमन्त्री कोलिन पावेलले एक ट्यूब सेतो पाउडर देखाएर इराकमा सामूहिक विनाशका हतियारहरू लुकाइएको प्रमाण भएको उल्लेख गरेका थिए साथै सुरक्षा परिषदको भिटो निर्णयलाई वेवास्ता गरी जबरजस्ती रूपमा इराकमाथि सैन्य आक्रमण गरेका थिए। ९ वर्षसम्म चलेको उक्त युद्धमा अमेरिकाले कुनै प्रमाण भेट्टाएन। तत्कालीन् अमेरिकी रक्षामन्त्री डोनाल्ड राम्स्फिल्डले इराक युद्धको प्रमुख उद्देश्यको संक्षेप गर्दै इराकी जनतालाई स्वतन्त्रता र प्रजातान्त्रिक शासन प्रदान गर्ने भनेका थिए। तर वास्तविकता के हो भने ६ लाखभन्दा बढी इराकी सर्वसाधारणको मृत्यु भयो, ठूलो मात्रामा शरणार्थी बनेर घर छोडे, समाज विभाजित भयो, परिस्थिति गम्भीर बन्यो……सन् २०१४ मा रूसका राष्ट्रपति पुटिनले अन्तर्वार्ता दिँदै सन् २००३ मा पावेलले देखाएको ट्यूबमा वाशिङ पाउडर राखिएको होला भन्नुभयो।

त्यस्तो वाशिङ पाउडर नै अमेरिकाले विभिन्न रूपमा प्रयोग गरिरहेको छ। उदाहरणका लागि अफ्गानिस्तान, सिरिया......

सन् २०२१ को डिसेम्बर ९ र १० तारिख अमेरिकाले अर्को वाशिङ पाउडर लिएर लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरी लोकतन्त्रको नाममा प्रभूत्व जमाउन खोजेको छ। समस्त सम्मेलनमा प्रजातन्त्रको कुनै तत्व देखिएको छैन साँच्चिकै वाशिङ पाउडर शिखर सम्मेलन मात्र हो।

उक्त शिखर सम्मेलन एक सातापछि आयोजना गरेको भए अझै राम्रो हुने थियो। शायद अमेरिकाले बिर्स्यो होला, डिसेम्बर १८ तारिख अमेरिकी सेना इराकबाट फिर्ता भएको दिन हो। यस वर्ष दश वर्ष पुग्दै छ। सो दिनमा तथाकथित लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेमा कम्तिमा आत्म-परीक्षणको अर्थ देख्न सकिन्थ्यो कि?