चीनको खुला ढोका झन् बढी खुल्ला हुने, साझा विकास र लाभ बढ्ने
2021-12-16 10:55:15cri
Share with:

चीनको खुला ढोका झन् बढी खुल्ला हुने, साझा विकास र लाभ बढ्ने_fororder_src=http___n1.itc.cn_img8_wb_recom_2016_05_10_146285320672679433.JPEG&refer=http___n1.itc

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वार्षिक आर्थिक कार्य सम्मेलन डिसेम्बर ८ देखि १० तारिखसम्म पैचिङमा आयोजना भएको छ। सिंगापुरको “ल्यानह चाउपाउ”नामक अखबारले सम्मेलनबाट अर्थतन्त्रलाई स्थिर पार्ने बलियो सङ्केत देखाइएको टिप्पणी गरेको छ। साथै सम्मेलनको बुलेटिनमा २५ पटक स्थिर वा स्थिरता उल्लेख भएको ब्लूमबर्गले जनाएको छ। 

वार्षिक केन्द्रिय आर्थिक कार्य सम्मेलनलाई बाहिरी संसारबाट आगामी वर्षको चिनियाँ आर्थिक नीतिको प्रवाहको रूपमा मानिन्छ। उक्त सम्मेलनले ‘आगामी वर्षको आर्थिक कार्यमा सर्वप्रथम स्थिरता र स्थिरताका साथ अगाडि जाने’विषय स्पष्ट रूपमा प्रस्तुत गरेको छ। सम्मेलनले तोकेका सात प्रमुख नीतिहरूमध्ये पहिलो कार्य समग्र नीति स्थिर र प्रभावकारी हो।

वास्तवमा स्थिरता विकासको धुन भएकोले चालू वर्ष चिनियाँ अर्थतन्त्रले विविध कठिनाइको सामना गरी स्थिरताका साथ विकास गरेको छ। चिनियाँ अर्थतन्त्रको स्थिरता तथा पुनरूत्थानबाट चीनमा लगानी गर्ने विदेशी व्यवसायहरूले धेरै फाइदा पाएका छन्। तथ्याङ्कका अनुसार, अमेरिकी गाडी कम्पनी टेस्लाले नोभेम्बरमा मात्रै ५२,८५९ वटा चिनियाँ कारखानाबाट उत्पादित गाडी विक्री गरेको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा १११ प्रतिशतले बढी हो। यस अंकले टेस्लाको शेयर मूल्य बढाएको छ।

वर्तमान चीनको अर्थतन्त्रका सामु माग घट्दैजानु, आपूर्तिमा ह्रास हुनु, र कमजोर बन्दैगएको अपेक्षा गरी तीन दबाव देखापरेका छन्। विदेशी वातावरण झन् बढी जटिल र अस्थिर भैरहेको छ। यस्तो पृष्ठिभूमिमा समष्टिगत आर्थिक नीति वृद्धिलाई स्थिर बनाउनुसम्मको परिवर्तन नै स्वदेशी तथा विदेशी जोखिमको शिथिल पार्ने कुञ्जी हो। त्यसैले स्थिरतासँग धेरै मूल्यवान भावार्थ छ जसबाट आउने वर्ष चीनको आर्थिक कार्यका लागि आधार तथा दिशा सिर्जना गर्नेछ।

चीनको अर्थतन्त्र स्थिर तथा स्वस्थ पुनरुत्थान भैरहेको छ भने विश्व अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने आधारभूत शक्ति पनि स्पष्ट देखिएको छ। आउने वर्षमा चीनले निरन्तर रुपमा विदेशका लागि खुलापन स्तरलाई उकास्दै,संस्थागत खुलापनको प्रवर्द्धन गर्दै,महत्वपूर्ण विदेशी लगानी परियोजनालाई छिटो व्यवहारमा उतार्न प्रवर्द्धन गर्दै,बेल्ट एण्ड रोड निर्णय प्रस्तावको उच्च गुणस्तरीय विकासलाई बढाउँदै जाने छ। चीनको बचनबद्धता छ:चीनको खुला ढोका झन् बढी खुल्ला हुने छ र विश्वसँग बाँडिएको विकास लाभ पनि बढ्ने छ।

११ तारिख चीन डब्लुटीओमा सहभी भएको ठीक बीसौं वार्षिकोत्सव हो। बीस वर्षमा चीनको अर्थतन्त्रले ठूलो विकास र उपलब्धि हासिल गरेको छ। भविष्यमा चीनले बहुपक्षीयताको निरन्तर पालना गरेर सक्रिय रूपमा उच्चस्तरीय अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियम लागू गर्नुका साथ उच्चस्तरीय खुलापनलाई विस्तार गरी दुवै चीन र विश्वमाझ अझ बढी लाभ र जीत ल्याउने छ।