एक हजार वटा “चिनियाँ इनार”‌बाट जिम्बाब्वेका चार लाख सर्वसाधारण लाभान्वित
2021-12-17 08:56:22cri
Share with:

एक हजार वटा “चिनियाँ इनार”‌बाट जिम्बाब्वेका चार लाख सर्वसाधारण लाभान्वित_fororder_埃斯戈迪尼地区医院的一名护士从水龙头取水,该医院的水来自一口中国政府援建的水井。

कमजोर आधारभूत प्रबन्ध, रकमको अभावआदि कारक-तत्वहरूबाट प्रभाव परेका कारण दक्षिणी अफ्रिकाको जिम्बाब्वेका धेरै क्षेत्रहरू खास गरी ग्रामीण क्षेत्रहरुमा स्वच्छ खाने पानी र जीवनमा प्रयोग गरिने पानीको अभाव छ। जसबाट संक्रामक रोग प्रायःदेखापर्छ। सन् २०१२देखि हालसम्म चीन सरकारले रकम लगाई जिम्बाब्वेका लागि एक हजार वटा इनार निर्माण गरेको छ। ती इनारहरूले जिम्बाब्वेका ग्रामीण क्षेत्रहरूमा पानीको अभावलाई शिथिल पारेका छन्। “चिनियाँ इनार”बाट जिम्बाब्वेका चार लाख जना सर्वसाधारणको जीवन परिवर्तन भएको र साथै दुई मुलुकको मित्रताको प्रतीक बनेको छ।

सन् २०१२देखि हालसम्म चीन सरकारले जिम्बाब्वेका दश वटा प्रान्तमध्येका छ वटा प्रान्तका लागि एक हजार वटा इनारको निर्माणमा लगानी गरेको छ। ती इनारहरू ग्रामीण क्षेत्र, विद्यालय, अस्पतालमा निर्माण गरिएको छ। जिम्बाब्वेका चार लाख सर्वसाधारण लाभान्वित भए।