“सिन्च्याङ तास” खेल्न खोज्ने अमेरिका असफल हुँदै
2021-12-18 17:28:48cri
Share with:

“सिन्च्याङ तास” खेल्न खोज्ने अमेरिका असफल हुँदै_fororder_IMG_1456(20211218-171328).JPG

अमेरिकी सिनेटले स्थानीय समय डिसेम्बर १६ तारिख तथाकथित “युगुरको जबरजस्ती श्रमको प्रतिरोध सम्बन्धी कानुनी प्रस्ताव” पारित गरेको छ। सो कानुनी प्रस्तावले तथाकथित “जबरजस्ती श्रम” को निहुँ खोजेर सिन्च्याङमा उत्पादित वस्तुहरु अमेरिकी बजारमा भित्र्याउन निषेध गरेको छ। यो अमेरिकाका केही राजनीतिज्ञहरुले मानव अधिकारको निहुँमा राजनीतिक षड्यन्त्र र आर्थिक प्रभूत्व गरेको हो। जसबाट सिन्च्याङका विकास र प्रगतिको रोकथाम गर्नखोज्ने र चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नखोज्ने उनीहरुको कुरुप अनुहार र षड्यन्त्र लुकेको छ। तथापि सिन्च्याङबारे उनीहरुको झुट विश्वलाई ठग्नसक्दैन, “सिन्च्याङमार्फत चीनको विकासको रोकथाम” गर्ने उनीहरुको कुचेष्टा असफल हुनेछ।

सिन्च्याङमा “जबरजस्ती श्रम” छ कि छैन? स्थानीय सर्वसाधारणको बोल्ने अधिकार छ। हालै आयोजित एउटा प्रेस सम्मेलनमा धेरै सिन्च्याङबासीहरुले श्रममार्फत सुखी जीवन पाएको कथा बताएका छन्।

तथाकथित “जबरजस्ती श्रम” झुटो कुरा थाहा पाएपछि अमेरिकी केही कूटनीतिज्ञले किन निरन्तर रुपमा “सिन्च्याङ तास” खेल्दै आएका छन्? यसबारे अस्ट्रेलियाको सञ्चार माध्यम “अस्ट्रेलियन सतर्क सेवा”ले अमेरिकाको उद्देश्य “जातिय र धार्मिक भिडन्त बनाउँदै पृथकतावाद र आतंकवाद गरी कल्पित शत्रु चीनलाई भंग गर्नु” रहेको निष्कर्श निकालेको छ।

कुनै पनि झुट र राजनीतिक षड्यन्त्रले सिन्च्याङको विकासलाई रोक्न सक्दैन। केही अमेरिकी कूटनीतिज्ञहरुले मानव अधिकारबारे आफ्नो देशको दुष्कर्मको सामना गर्नुपर्छ। “झुटो मानव अधिकार, साँचो प्रभूत्व” गर्ने उनीहरु अन्त्यमा अवश्य नै असफल हुनेछन्।