चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्बारा फिलिपिन्समा आएको आँधीप्रति त्यहाँका राष्ट्रपति डुटेर्टेलाई शोक सन्देश
2021-12-21 19:45:54cri
Share with:

 

डिसेम्बर २१ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फिलिपिन्समा आएको आँधीको विषयलाई लिएर फिलिपिन्सका राष्ट्रपति डुटेर्टेलाई शोक सन्देश पठाउनुभयो।

सी चिनफिङले फिलिपिन्समा आँधीबाट ठूलो मानवीय र धनजनको क्षति भएको थाहा पाएपछि आफू अचम्मित भएको बताउनुभयो। सन्देशमा उहाँले चीन सरकार र चिनियाँ जनताको तर्फबाट र आफ्नै तर्फबाट पनि मृतकप्रति  हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै उहाँले घाइतेहरु र मृतकहरुका परिवारजनमा हार्दिक समवेदना पनि व्यक्त गर्नुभयो। उहाँले चीनले फिलिपिन्सलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै विपद् प्रभावित क्षेत्रका बासिन्दाले विपद्लाई पार गरी घरआवास पुनःनिर्माण गर्न सक्ने विश्वास लिएको बताउनुभयो।