पाँच आँखे गठबन्धनद्वारा नै हङकङको प्रजातन्त्रमाथि प्रहार
2021-12-21 18:50:56cri
Share with:

पाँच आँखे गठबन्धनद्वारा नै हङकङको प्रजातन्त्रमाथि प्रहार_fororder_QQ图片20211221185027

अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्याण्डबाट गठित पाँच आँखा गठबन्धनले २० तारिख तथाकथित विदेशमन्त्रीस्तरीय संयुक्त वक्तव्य प्रकाशित गरी चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रको सातौँ विधायिका परिषदमाथि गैरजिम्मेवार टिप्पणी गरेको छ र यस पटकको निर्वाचनले हङकङको हित, स्वतन्त्र र स्वशासनलाई कमजोर पारेको भन्दै झुटो निन्दा गरेको छ।

हङकङमा नयाँ प्रजातान्त्रिक अवस्था देखिएसँगै पाँच आँखा गठबन्धनले उक्त दुर्भावनापूर्ण वक्तव्य प्रकाशित गरेबाट उनीहरूको षड्यन्त्रको व्यवहारिक कार्यान्वयन असफलसिद्ध हुनुका साथै अमेरिका र बेलायतलगायत केही पश्चिमा मुलुक नै हङकङको प्रजातान्त्रिक विकासलाई ध्वस्त पार्ने वैदेशिक शक्ति भएको वास्तविकता पनि प्रमाणित भएको छ।

पाँच आँखे गठबन्धनद्वारा नै हङकङको प्रजातन्त्रमाथि प्रहार_fororder_QQ图片20211221185037

मानवअधिकारको झण्डा लिएको उक्त तथाकथित वक्तव्यले फेरि कपटी भएर हङकङको नयाँ निर्वाचन प्रणालीको बदनाम गरेको छ, तर तथ्यले उनीहरूको झुट प्रष्टै देखाएको छ।

विभिन्न वास्तविकताले प्रमाण गरेको छ कि हङकङको मानवअधिकार र स्वतन्त्रताको सम्मान गर्नेबारे बोलिरहेका केही पश्चिमा मुलुकहरू नै हङकङको प्रजातान्त्रिक विकासको अवरोधक र विनाशक मुलुक नै हुन्। हङकङ चीनको भूभाग हो, हङकङको निर्वाचन प्रणाली नै चीनको आन्तरिक मामिला हो। हङकङ आफ्नो अवस्था अनुकूल प्रजातान्त्रिक विकासको बाटोमा हिँड्न केन्द्रिय सरकारले निरन्तर रूपमा समर्थन गर्दै जानेछ। अमेरिकालगायत केही पश्चिमा मुलुकले हङकङ मामिलामा हस्तक्षेप गर्नुहुँदैन नत्र आफूलाई हानी हुनसक्नेछ। हङकङको प्रजातान्त्रिक विकासको भविष्य उज्ज्यालो छ र कुनै पनि विदेशी शक्तिले हङकङमाथि हस्तक्षेप र नोक्सानी गर्ने षड्यन्त्र किमार्थ सफल हुने छैन।