पश्चिमाले हङकङको बदनाम गर्नुको कुनै तुक छैन
2021-12-21 19:16:29cri
Share with:

पश्चिमाले हङकङको बदनाम गर्नुको कुनै तुक छैन_fororder_QQ图片20211221191540

पाँच आँखा गठबन्धनपछि सात मुलुक समूहले २० तारिख तथाकथित विदेशमन्त्रीस्तरीय संयुक्त वक्तव्य प्रकाशित गरी चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रको सातौँ विधायिका परिषदको निर्वाचनमाथि झुटो लाञ्छना लगाउँदै  हङकङको प्रजातन्त्र कम्जोर पार्न खोजेको छ। त्यसपछि अमेरिकाको राज्य परिषदले काँग्रेससमक्ष तथाकथित हङकङ स्वशासन कानून शीर्षकको प्रतिवेदन पेश गरेको छ भने अमेरिकी वित्त मन्त्रालयले पाँच जना चिनियाँ अधिकारीमाथि तथाकथित प्रतिबन्ध लगाएको छ।

यो त अमेरिकालगायत केही पश्चिमा मुलुकले देखाएको ‘शो’ मात्र हो। यस पटक हङकङ विधायिका परिषदको निर्वाचन सफल भएको तथ्य सबैले देखेका छन्। सात मुलुक समूहले जसरी शो देखाएर बदनाम गरेपनि त्यसको कुनै पनि अर्थ छैन।

पश्चिमाले हङकङको बदनाम गर्नुको कुनै तुक छैन_fororder_QQ图片20211221185037

प्रजातन्त्र देखाउने कुरा मात्र होइन तर सर्वसाधारणलाई समाधान गर्न चाहिने समस्याको समाधान खोजिनुपर्छ। सर्वसाधारणलाई फाइदा पुर्याउने प्रजातन्त्र नै असल प्रजातन्त्र हो। वर्तमान विश्वमा सबभन्दा विकसित मुलुक समूहको रूपमा रहेको सात मुलुक समूहले  हङकङ समाजको समृद्धिको लागि सुरक्षा तथा स्थिर वातावरण, हङकङ सर्वसाधारणको अधिकारको संरक्षण गर्नको लागि के अर्थ रहेको छ भन्ने पक्कै बुझ्छ। यदि विरोधीहरूको गतिविधि ती सात मुलुकमा भएमा उनीहरूले अझै ती गतिविधिलाई प्रजातन्त्रको रूपमा मान्छन्? गत जनवरी अमेरिकाको क्यापिटल हिलमा निर्वाचनको कारण दंगा भएको थियो तर किन अमेरिकी राजनीतिज्ञले त्यसलाई सुन्दर दृश्य भन्दैनन् तर हिंसा भन्छन्?

स्पष्ट देखिन्छ कि पाँच आँखा गठबन्धन र सात मुलुक समूहले सबै बुझेको छ तर अझ हङकङमाथि बदनाम गर्न तम्सिरहेको छ। तिनीहरूको राजनीतिक शोबाट हङकङ मामिलामा विदेशी तत्वले हस्तक्षेप गरेको तथ्य प्रमाणित भएको छ, त्यसबाहेक कुनै पनि तुक देखिँदैन।