चीनका राष्ट्राध्यक्ष र जर्मनीका चान्सलरबीच फोन वार्ता
2021-12-22 14:34:35CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र जर्मनीका चान्सलर औलाफ शोल्सबीच डिसेम्बर २१ तारिख फोनवार्ता भएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले चीनले चीन र जर्मनीको सम्बन्धमाथि उच्च महत्व दिएको बताउनुभएको छ। आगामी वर्ष चीन र जर्मनीबीच दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाइने छ। आधा शताब्दीको चीन र जर्मनीको सम्बन्धको विकासमा जीवन्त शक्ति, सहनशीलता तथा लचिलोपन देखिएको छ। भविष्यका ५० वर्षमा दुई देशले विश्व तथा दीर्घकालको दृष्टिकोणबाट सम्बन्धको नयाँ विकास गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले बुँदागत रूपमा व्याख्या समेत गर्नुभएको छ। पहिलो, रणनीतिक उचाइबाट दुई देशको सम्बन्धको समग्र दिशाको नियन्त्रण गर्नुपर्छ। दोस्रो,  व्यावहारिक धारणाबाट दुई देशको हितकर सहयोगलाई सक्रिय रूपमा बढाउनुपर्छ। तेस्रो, हातमा हात मिलाएर चुनौतीको सामना गरी विश्वमा नयाँ योगदान दिनुपर्छ।

साथै राष्ट्राध्यक्ष सीले जर्मनीसँग चीन तथा यूरोपको सम्बन्धलाई स्थिर पार्न निरन्तर सकारात्मक भूमिका खेलेर चीन तथा यूरोपको सम्बन्धमा स्थिरता तथा सक्रिय शक्ति थप्ने आशा पनि व्यक्त गर्नुभएको छ।

आगामी वर्ष जर्मनी र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा दुई सरकारहरूबीच छलफल तथा वार्ता आयोजना गर्नुका साथै विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने इच्छा लिएको चान्सलर शोल्सले व्यक्त गर्नुभएको छ। उहाँले यूरोप तथा चीनबीचको लगानी सन्धि छिटै कार्यान्वयन हुने आशा पनि गर्नुभएको छ। जर्मनीले चीनसँग अन्तर्राष्ट्रिय मामिलामा संयुक्त रूपमा बहुपक्षीयताको संरक्षण गर्ने इच्छा लिएको छ।