चीनद्वारा अमेरिकालाई जवाफी निषेधाज्ञा
2021-12-22 20:40:41cri
Share with:

चीनद्वारा अमेरिकालाई जवाफी निषेधाज्ञा_fororder_QQ图片20211222203933

हाल अमेरिकाले स्वदेशको कानूनबमोजिम तथाकथित सिनच्याङ मानवअधिकार समस्याको निहुँ खोजेर चार जना चिनियाँ अधिकारीमाथि अवैधानिक प्रतिबन्ध लगाएको छ। त्यसपछि चीनले चीनको विदेशी प्रतिबन्ध प्रतिरोध ऐनबमोजिम जवाफी प्रतिकार गरेको छ अर्थात् अबदेखि अमेरिका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र समितिका अध्यक्ष नाडिन माएन्जा, उपाध्यक्ष नुरी टुर्केल, सदस्य अनुरिमा भार्गावा र जाम्स कारमाथि जवाफी निषेधाज्ञा लगाएको छ।

यो त चीनले कानून आधारित गरेको जवाफी प्रहार हो। चीनले देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गरेको मात्र होइन तर आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने र सार्वभौमिकता समानताको संरक्षण गर्ने कदम पनि हो साथै प्रभूत्ववाद विरोध गर्ने स्पष्ट अडान पनि देखाएको हो।

  चीनद्वारा अमेरिकालाई जवाफी निषेधाज्ञा_fororder_QQ图片20211222203926

अमेरिकाको गतिबिधिले चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गरी अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमसँग विपरीत गरेको छ जुन संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीमा गम्भीर आघात पारेको छ। यसअघि चीनले धेरै पटक प्रष्ट गरिसकेको थियो कि सिनच्याङ मामिला चीनको आन्तरिक मामिला हो अमेरिकाले त्यसमाथि हस्तक्षेप गर्ने अधिकार र हैसियत छैन यदि अमेरिकाले अझ त्यसो गरेमा चीनले कडा जवाफी प्रहार गर्नुपर्छ। यसै पटक चीनले गरेको जवाफी प्रतिकारबाट चीनले जे भन्छ, त्यो गर्छ भन्ने कुरा प्रमाणित भएको छ। आफ्नो वैधानिक हितको संरक्षण गर्ने चीनको अठोट र इच्छालाई नजरअन्दाज गर्नुहुँदैन।