चीन दक्षिण एसिया मैत्रीपूर्ण मञ्च आयोजना
2021-12-22 16:50:34cri
Share with:

चीन दक्षिण एसिया मैत्रीपूर्ण मञ्च आयोजना_fororder_捕获.JPG

चीन र दक्षिण एशियाली मुलुकहरूका गैर-सरकारी मैत्रीपूर्ण आदानप्रदान तथा हितयुक्त सहयोगको प्रवर्द्धन गर्न डिसेम्बर २२ तारिख दिउँसो सातौं चीन दक्षिण एशियाली मैत्रीपूर्ण मञ्च अनलाइन सम्मेलन आयोजित भएको छ।

सहयोग तथा साझा जित संयुक्त विकास गरौं भन्ने विषयसूची राखिएको सो मञ्चमा चिनियाँ जन बैदेशिक मैत्री संघका अध्यक्ष लीन सोङथ्यान, दक्षिण एशिया-चीन मैत्री सहयोगात्मक संगठनका अध्यक्ष अर्थात् नेपाल-चीन आर्थिक व्यापारिक संघका अध्यक्ष अनुपरञ्जन भट्टराई, नेपालको लागि चिनियाँ राजदूत हौ यानछी लगायतका अतिथिहरूले सम्बोधन गर्नु भएको छ। उहाँहरुले उच्च गुणस्तरीय विकासबाट हितयुक्त सहयोग गर्नको लागि राय सुझाव पनि प्रस्तुत गर्नुभएको छ। साथै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायत दक्षिण एशियाली मुलुकका मैत्री संगठनका जिम्मेवार व्यक्ति, राजदूतहरू, विभिन्न क्षेत्रका प्रतिनिधिहरू तथा संचारकर्मी जम्मा गरी एक सयभन्दा बढीले भाग लिएका छन्।

चीन दक्षिण एसिया मैत्रीपूर्ण मञ्च आयोजना_fororder_捕获2.JPG

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले चिनियाँ सहयोगमा नेपालका दुई राजमार्गको निर्माण भइरहेको र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भइरहेको बताउनुभयो। उहाँले दुई देशलाई जोड्ने रेलमार्गको निर्माण पनि सुरु भएको बताउनु भएको छ।

चीन दक्षिण एसिया मैत्रीपूर्ण मञ्च आयोजना_fororder_QQ图片20211222164617

त्यसैगरी अनुपरञ्जन भट्टराईले नेपालको आर्थिक तथा सामाजिक विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ। दक्षिण एसियामा चीनको भूमिका बढ्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो।

सो मञ्चमा चीन-दक्षिण एशियाली मैत्री संगठन मञ्चको संयुक्त घोषणा-पत्र पनि सार्वजनिक गरिएको छ। चिनियाँ जन बैदेशिक मैत्री संघ तथा दक्षिण एशिया-चीन मैत्री सहयोगात्मक संगठनको संयुक्त संयोजनमा सो मञ्च आयोजित भएको हो।