सर्वसाधारणलाई अन्धाधुन्ध हत्या गरेको अमेरिकासँग मानवअधिकार भन्ने अधिकार छैन
2021-12-23 20:49:49cri
Share with:

सर्वसाधारणलाई अन्धाधुन्ध हत्या गरेको अमेरिकासँग मानवअधिकार भन्ने अधिकार छैन_fororder_QQ图片20211223204333

हालै एकजना संवाददाता अजमात खानले न्यूयोर्क टाइम्समा श्रृंखलावद्ध लेख प्रकाशित गरी युद्धमा ठूलो मात्रामा सर्वसाधारणको हत्या भएको तथ्य प्रकाशित गरेका छन्। अमेरिकाले एउटा प्रणाली रचना गरेको छ भन्दै उनले जानाजानी हवाई हमलामा भएको हताहतीको वास्तविक संख्या लुकाउने र हवाई हमलाको विस्तारित प्रयोगलाई वैधानिक बनाउने गरेको कुरा उल्लेख गरेका छन्। उनले लेखेका छन् कि उनले देखेका अनेकौँ दुखद त्रुटी होइनन् बरु दण्डहीनताका नमुना हुन्।

हालसम्म ह्वाइटहाउसले त्यसबारे प्रतिकृया दिएको छैन। अमेरिकी केन्द्रिय कमाण्डर विभागका प्रवक्ता बिल उर्बनले त्यसबारे कुराकानी गर्दै विश्वको सबभन्दा असल प्रविधि लिए पनि त्रुटि हुनसक्छ भन्दै ती त्रुटीबाट पाठ सिक्न प्रयास गर्नुपर्ने मात्र भनेका थिए।

कति धेरैको ज्यान अमेरिकाको गोलिमा गुमेको छ, कति धेरै परिवार पनि त्यसबाट विभाजित भएका छन, कति धेरै त्रासदी मध्य-पूर्वमा देखिइरहेको छ। तर अमेरिकी सेनाले त्रुटीको निहुँमा ती अपराध हटाउन खोजेको छ। यो त अमेरिका सरकारले भनिरहेको मानवअधिकार हो त?

  सर्वसाधारणलाई अन्धाधुन्ध हत्या गरेको अमेरिकासँग मानवअधिकार भन्ने अधिकार छैन_fororder_QQ图片20211223204338

अझ अपमानजनक कुरा के हो भने अमेरिकी सेनाले अपराध गरेपछि माफी माग्दैन, क्षतिपूर्ति दिँदैन, जिम्मेवारी पनि लिँदैन, यो त सामान्य अवस्था बनिसकेको छ। हाल पेन्टागनले स्पष्ट पार्यो कि गत अगष्टमा अफ्गानस्तानी काबुलको ड्रोन आक्रमण गतिविधिमा संलग्न कुनै अमेरिकी सेनालाई सजाय दिइएको छैन।

अन्तर्राष्ट्रिय समूहले अमेरिकाको युद्ध अपराधमाथि जाँच गर्ने समय आयो। ती अपराधी र आश्रयदाताहरूले सजाय पाउनुपर्छ। शायद न्याय अबेला आउँछ तर अनुपस्थित हुँदैन।