चीनले दक्षिण एसियाको गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने नेपाली विज्ञको भनाइ
2021-12-23 14:40:01CRI
Share with:

चीनले दक्षिण एसियाको गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने नेपाली विज्ञको भनाइ_fororder_9987c5e6dcdb921e91bbee5f2ee7f2e

दक्षिण एसियाली मुलुकमा गरिबी निवारणका लागि चिनियाँ सहयोग अपरिहार्य रहेको नेपालका एकजना विज्ञले बताउनु भएको छ। चीनका लागि दक्षिण एसियाली क्षेत्री मैत्री सहयोग संगठनका अध्यक्ष अनुपरन्जन भट्टराईले चिनियाँ मिडिया ग्रुप सीएमजी नेपाली सेवासँगको अन्तर्वार्तामा उक्त विचार व्यक्त गर्नु भएको हो।

सन् २००९ मा स्थापित चीनका लागि दक्षिण एसियाली क्षेत्री मैत्री सहयोग संगठनले डिसेम्बर २२ तारिख अनलाइनमा चीन दक्षिण एसिया मञ्चको आयोजना गरेको थियो। उक्त मञ्चलाई चीनका लागि नेपाली राजदूत हौ यानछी र भट्टराई लगायतका विभिन्न देशका विज्ञहरुले सम्बोधन गर्नु भएको थियो।

चीन दक्षिण एसिया मैत्रीपूर्ण मञ्च आयोजना

यदि चीनले नेपाललाई कोभिड विरुद्धको खोप सहयोग नगरेको भए नेपालको अवस्था भयावह हुने अन्तर्वार्ताका क्रममा भट्टराईले बताउनुभयो। १२ वर्ष अगाडि स्थापित यस संस्थाले नेपाल र चीनबीचमा जनस्तरको सम्बन्ध विकास गराउने कामसँग दक्षिण एसियाली मुलुकबीचमा पनि जनस्तरमा सम्बन्ध विकास गराउने काम गरेको उहाँले उल्लेख गर्नुभयो। युवा आदानप्रदान,चिनियाँ भाषाको तालिम, व्यापारिक प्रतिनिधिहरुको भ्रमण आदानप्रदान, व्यापारिक सम्मेलन लगायतका काम गरिसकेको बताउँदै भट्टराईले भन्नुभयो ‘सीप विकास र प्रविधि हस्तान्तरणमा पनि चीनले नेपाल लगायत दक्षिण एसियाली मुलुकको स्तर वृद्धि गर्ने काम गर्नसक्छ।’

चीनले सरकारी र गैरसकारी दुवै स्तरबाट दक्षिण एसियाली मुलुकमा गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै चिनियाँ अनुभव नेपालका लागि निकै महत्वको रहेको उहाँले बताउनुभयो। मञ्चमा नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले नेपालका सडक निर्माण,विमानस्थल निर्माण र नेपाल जोड्ने रेलवे निर्माण गरिरहेको विचार व्यक्त गर्नु भएको थियो। चिनियाँ राजदूतको विचारले नेपालको भौतिक पूर्वाधार विकासमा चीनको भूमिका प्रष्टिएको भट्टराईले अन्तर्बार्ताका क्रममा बताउनुभयो।