यो कठीन क्रिस्मसको जिम्मेवारी कस्को?
2021-12-24 18:52:42cri
Share with:

यो कठीन क्रिस्मसको जिम्मेवारी कस्को?_fororder_QQ图片20211224185145

हाल वाशिन्टन पोस्टले एउटा रिपोर्ट गरी सन् २०२१को आर्थिक भ्रमबाट ‘क्रिस्मस ट्री’ पनि अलग हुन सक्दैन। अमेरिकी क्रिस्मस ट्री समितिले पूर्वानुमान गरेअनुसार, यस वर्षको क्रिस्मस ट्रीको मूल्य १० देखि ३० प्रतिशत बढ्नेछ।

क्रिस्मस ट्री महंगो हुनु नै अमेरिकी सर्वसाधारणको जीवन खर्च बढिरहनुको संकेत हो। नोभेम्बरमा अमेरिकाको मुद्रास्फिती दर ६.८ प्रतिशत पुगेको छ भने ३९ वर्ष यताको रिकर्ड सिर्जना गरेको छ। तर अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्क अनुसार, नोभेम्बरमा मुद्रास्फिति तत्व हटाएको अमेरिकीहरूको वास्तविक प्रतिघण्टा तलब गत वर्षको सोही अवधिको तुलनामा १.९ प्रतिशतले घटेको छ। ब्लुमवर्गले हालै अमेरिकी जनगणना ब्यूरोको तथ्याङ्क उद्धृत गरेअनुसार, कोभिड-१९ महामारीको राहत कोष सकिएको र खाद्यान्नको मूल्य बढेको कारणले डिसेम्बरको सुरूमा २.१ करोडभन्दा बढी अमेरिकीमाझ खानेकुराको अभाव छ। विडम्बनापूर्ण के हो भने स्टक बढ्दैछ, घरको मूल्य बढ्दैछ, यसरी नै सम्पत्ति श्रृंखलाको शिखरमा बसेका ती धनीहरू झनै धनी बनेका छन्।
यो कठीन क्रिस्मसको जिम्मेवारी कस्को?_fororder_QQ图片20211224185154

पर्वको वातावरणलाई प्रभाव पारेको त उच्च मूल्यले मात्र होइन तर पुनःदेखिएको महामारीले पनि हो। हाल ओमिक्रोन उत्परिवर्तित भाइरस समस्त अमेरिकाका ५० वटा राज्यमा फैलिएको छ भने अमेरिकामा दैनिक बढेको कोभिड-१९ संक्रमितको संख्या लगातार केही दिनसम्म २ लाख नाघेको छ।

सर्सर्ती हेर्दा अमेरिकाको क्रिस्मस कठीन हुनुको कारण नै बढेको मूल्य, र फैलिरहेको महामारी रहेका छन्। तर वास्तवमा अमेरिकी राजनीतिज्ञले महामारी प्रतिरोध गर्न असफल हुनु र गैरजिम्मेवार वित्तीय तथा मौद्रिक नीति लिनु पनि कारकतत्व हुन्। साथै राजनीतिक स्वार्थलाई आम जनताको हितभन्दा माथि राख्नुको अर्को निर्मम परिणाम पनि हो।