अफ्रिकालाई म्याद गुज्रिएका खोप दिएर पश्चिमी मुलुकले आफैँलाई चोट पुर्‍याउँदै
2021-12-28 19:53:14CRI
Share with:

विकसित मुलुकले खोपलाई संचय गर्दै म्याद जान लागेपछि मात्र हामीलाई दिने गरेका छन् भन्ने आलोचना हालै नाइजेरियाली राष्ट्रिय स्वास्थ्य विकास ब्युरोका प्रमुख फिसार शुएपले क्रोधित रुपमा भन्नु भएको छ।

वास्तवमा गत अक्टोबरमा नाइजेरियाले युरोपबाट २५ लाख डोज खोप लिएको भए पनि तीमध्येको आधाको म्याद गत नोभेम्बरमा सकिइसकेको छ। पहिलो डोज लिने दर ६ प्रतिशत मात्र भएको नाइजेरियाली सरकारले गत हप्ता बाध्य भएर म्याद सकिएका ती खोपलाई नष्ट गरेको छ।

अफ्रिकालाई म्याद गुज्रिएका खोप दिएर पश्चिमी मुलुकले आफैँलाई चोट पुर्‍याउँदै_fororder_33

अफ्रिकामा नाइजेरिया जस्तै पश्चिमी मलुकबाट म्याद गुज्रिएका खोप पाएका मुलुक धेरै छन्। पहिले खोपको म्याद गुज्रिए पनि अरू देशलाई नदिने नीतिसँगको दाँजोमा केही युरोपेली मुलुकले अफ्रिकालाई सहयोग दिन थालेको कदम प्रगति नै हो। तापनि अफ्रिकालाई सहयोग स्वरूप दिने खोपको मात्रा र गुणस्तर दुवै हुनुपर्छ।

अफ्रिकी मुलुकले बाध्य भएर म्याद गुज्रिएका खोपलाई नष्ट पारेबाट पश्चिमी मुलुकहरूको खोप जातियवाद विद्यमान रहिरहेको प्रतिविम्वित हुन्छ। अमेरिकको नमूना लिऔं, चालु वर्षको मार्च-सेप्टेम्बरसम्म अमेरिकामा खेर फालेका खोपको संख्या कम्तिमा डेढ करोड पुग्यो। खोपको अन्तर नै विश्वमा महामारीलाई जित्ने क्रममा देखा परेको सबभन्दा ठूलो बाधा हो।

अफ्रिकालाई म्याद गुज्रिएका खोप दिएर पश्चिमी मुलुकले आफैँलाई चोट पुर्‍याउँदै_fororder_44

अफ्रिकालाई म्याद गुज्रिएका खोप दिएर नक्कली सहयोगको सट्टामा वास्तविक सहयोग गर्नुपर्छ। पश्चिमी मुलुकहरूले चीन जस्तै अफ्रिकालाई ठूलो परिमाणमा गुणस्तरीय खोप दिने जिम्मेवारी वहन गर्नुपर्छ। विश्वव्यापीकरण भएको आजको विश्वमा एउटा मुलुकमा महामारी नियन्त्रण नभइकन विश्व सुरक्षित बन्छ भन्न सकिँदैन। पश्चिमी मुलुकले अफ्रिकालाई सहयोग दिँदा वास्तवमा आफैलाई सहयोग गर्ने हो।