मानवअधिकारलाई राजनीतिकरण गर्नु नै अमेरिकाको ‘वादशाहको नयाँ पोशाक’
2021-12-28 17:35:32CRI
Share with:

अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा अमेरिकाले मानवअधिकारलाई राजनीतिकरण गरेबाट विश्वमा मानवअधिकार महान कार्यको विकासमा ठूलो धम्की दिएर भङ्ग हुने खालको नतिजा आएको छ। चीन मानवअधिकार अनुसन्धानालयले डिसेम्बर २७ तारिख सार्वजनिक गरेको अमेरिकामा मानव अधिकारलाई राजनीतिकरण गरिएबाट मानवअधिकार सुधार गरिने आधारलाई ध्वस्त पारिँदै नामक प्रतिवेदनमा अमेरिकी मानवअधिकारलाई राजनीतिकरण गरिने प्रक्रिया तथा तरिकाबारे जानकारी दिइएको छ।

मानवअधिकारलाई राजनीतिकरण गर्नु नै अमेरिकाको ‘वादशाहको नयाँ पोशाक’_fororder_11

प्रशस्त तथ्यबाट प्रमाणित भए अनुसार, मानव अधिकारलाई अमेरिकाले आफ्नो प्रभुत्व छोप्ने पर्दाका रूपमा प्रयोग गर्ने गर्दछ र आफूसँग फरक विचार लिएकाहरूमाथि दबाव दिने राजनीतिक साधनको रूपमा प्रयोग गर्दछ। अमेरिकाले मानवअधिकारलाई राजनीतिकरण गर्दै मानवअधिकार विचारमा गम्भीर रूपमा हिलो छ्यापिरहेको छ साथै विश्वमा मानवअधिकारको संचालनलाई ध्वस्त पार्ने खालको असर देखाएको छ। त्यसको प्रतिफल स्वरूप अमेरिकी प्रभुत्वमाथि पनि असर पुगेको देखिन्छ।

सर्वप्रथम, अमेरिकाले मानव अधिकारलाई राजनीतिकरण गर्दै आफूले यसै क्षेत्रमा गरेका कुकर्मलाई देखाउँदै छ। यसका अतिरिक्त, अमेरिकाले मानवअधिकारलाई राजनीतिकरण पार्ने गतिविधि जति धेरै र जथाभावी गर्ने क्रममा अमेरिका आफू विश्वमा मानव अधिकार प्रकोप बनाउने सबभन्दा ठूलो उत्पादक हो भन्ने कुरालाई स्पष्टसँग देखाउँदै आएको छ।

विडम्बनापूर्ण कुरा के हो भने  मानवअधिकारमाथि उलंघन गर्ने कार्यको आलोचना बढ्दै जाने क्रममा अमेरिकी राजनीतिज्ञले मानवअधिकारको नाममा पहिलेभन्दा ठूलो स्वरमा कराउने गर्छन्। मानव अधिकारलाई राजनीतिकरण नगर्नु नै विश्वमा मानव अधिकार महानकार्यको स्वस्थ विकासका लागि महत्वपूर्ण प्रत्याभूति हो भन्ने बुझाइ मानिसहरूमाझ दिनप्रतिदिन स्पष्ट बन्दै गइरहेको छ।

मानवअधिकारलाई राजनीतिकरण गर्नु नै अमेरिकाको ‘वादशाहको नयाँ पोशाक’_fororder_22

वादशाहको नयाँ पोशाक उदाङ्गो भइसक्यो। अमेरिकी राजनीतिज्ञहरूले मानव अधिकारलाई राजनीतिकरण गरेर कुरूप गतिविधिलाई तुरून्तै बन्द गर्नुपर्छ। उनीहरूले आफ्नो गतिविधिको परिवर्तन नगरिकन विश्वमा मानवअधिकार महान कार्यको विकासको गायनमा अमेरिका पतन हुँदै जाने शंका छैन भन्ने कुरा पनि सो प्रतिवेदनमा औंल्याइएको छ।