आणविक प्रदूषित पानी समुद्रमा मिसाउनु जापानको ठूलो गल्ती
2021-12-29 20:32:52cri
Share with:

सन् २०२२ नयाँ वर्ष आउन लागिरहँदा सम्पूर्ण विश्वमा अझ राम्रो र उज्ज्वल भविष्यको अपेक्षा गरिँदै छ। तापनि फुकुशीमा टापुस्थित आणविक विद्युत स्टेशनबाट आणविक प्रदूषित पानीको निष्काशन गरिने योजना जापान सरकारले हालै सार्वजनिक गरेको छ र गलत बाटोमा अघि बढ्दै गएको छ। जापान सरकारको सो घोषणाबाट जापानीहरू लगायत छिमेकी मुलुकमा पनि चिन्ता र क्रोध देखिएको छ। यसले मानव जातिको साझा भविष्यमा पनि धम्की दिएको छ।

आणविक प्रदूषित पानी समुद्रमा मिसाउनु जापानको ठूलो गल्ती_fororder_1

आणविक प्रदूषित पानीको निष्काशन सम्बन्धी ब्याख्या जापान सरकारले बारम्बार गर्ने गर्दछ र सुरक्षित भएको जनाएको छ। तर धेरै मुलुक तथा अन्तर्राष्ट्रिय वातावरणीय संगठनले शंका प्रस्तुत गरेका छन्। अझ बढी संचय ठाँउको निर्माण स्वेदशमा गर्ने छनौट जापानले किन छानेको छैन? उत्तर एउटै मात्र छ कि त्यसो गरेमा खर्च निकै धेरै हुन्छ।

जापानले छोटो समयको योजना मात्र गरेको हो तर दीर्घकालीन र मिलिजुली योजना बनाएको छैन। वास्तवमा आणविक प्रदूषित पानी समुद्रमा मिसायो भने सबभन्दा प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र जापानको उत्तर-पूर्वी क्षेत्रको कृषि, माछा उत्पादन र सर्वसाधारणको स्वास्थ्यमा पर्छ। यसका साथै विश्वको समुद्री पर्यावरणीय वातावरण तथा मानवजातिको स्वास्थ्यमा पनि थाहा नभएको निहित प्रभाव पनि आउनेछ।

आणविक प्रदूषित पानी समुद्रमा मिसाउनु जापानको ठूलो गल्ती_fororder_2

ध्यान राख्नुपर्ने कुरा के हो भने विश्वव्यापी जापानको सो निर्णयको आलोचना भइरहेको बेला अमेरिकाले आफ्नो रणनीतिक आवश्यकता वमोजिम, जापानको सो योजनाको समर्थन गरेको छ। यो नै जापानले जथाभावी रूपमा गलत निर्णय गरेको महत्वपूर्ण बाह्य कारक तत्व हो।

जापानले चाँडै नै आणविक प्रदूषित पानीको निष्काशन योजनालाई त्याग्नुपर्छ नत्र भने इतिहासमा असाध्य ठूलो गल्ली गरेर अपराधी कहलिन सक्छ।