चीन यही गतिमा अघि बढ्यो भने विश्वशक्ति बन्न कसैले रोक्दैनः डा.कृष्ण रेग्मी
2021-12-29 09:17:22cri
Share with:

चीन यही गतिमा अघि बढ्यो भने विश्वशक्ति बन्न कसैले रोक्दैनः डा.कृष्ण रेग्मी_fororder_Dr.Krishna Regmi-1

सन् २०१४ देखि १८ सम्म चीनमा अध्ययन गरेका दन्त चिकित्सक कृष्ण रेग्मीको मनमा चीनप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन छ। चीनको बारेमा सुनेको र आफ्नै आँखाले देखेको चीनमा व्यापक भिन्नता छ। बाहिरी दुनियाँमा सुनेको भन्दा फरक चीन आफैँमा एउटा विश्व रहेको बताउने डा.रेग्मीले धेरै रहस्यमय कुराहरू व्याप्त रहेको, जीवनशैली, निर्माण संरचना नितान्त फरक रहेको, साँस्कृतिक विविधता, विकास निर्माणको फड्को लगायतका कुराहरूमा नसोचेको आश्चर्य लागेको बताए। 

चीन यही गतिमा अघि बढ्यो भने विश्वशक्ति बन्न कसैले रोक्दैनः डा.कृष्ण रेग्मी_fororder_Dr.Krishna Regmi-2

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको जन्मथलो सिआनस्थित थ्याओथोङ युनिभर्सिटीमा अध्ययन गरेका रेग्मीलाई चीनले आकर्षित गर्ने कुरा अनेकन छन् जस्तो कि विश्वसामु खुल्दै गरेको चीन, इतिहास पढ्दाखेरिको रहस्यमयी चीन, चिल्ला सडक, विकासको तीव्र रफ्तार, सांस्कृतिक, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य लगायत धेरै कुरामा देखिएको तीव्र परिवर्तन आँखै अगाडि देखिएको छ।

चीन यही गतिमा अघि बढ्यो भने विश्वशक्ति बन्न कसैले रोक्दैनः डा.कृष्ण रेग्मी_fororder_Dr.Krishna Regmi-1Xian

भरतपुर सामुदायिक अस्पतालमा कार्यरत डा.रेग्मीका विचारमा चीनमा चेन अफ कमाण्ड राम्रो भएको र माथिका निर्देशनहरू तलसम्म एकदमै सजिलोसँग पुग्छन्। चिनियाँ नेता तथा जनतामा अनुशासन समर्पण र देशप्रतिको माया रहेको पनि उनी ठान्छन्।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको शतवार्षिकी इतिहासको समीक्षा गर्दै उनले नेताहरूमा दूरदर्शिता नै ठूलो कुरा भएको बताए। इतिहासमा आर्थिक रूपमा चीनभन्दा नेपालको संभाव्यता ठूलो भएपनि अदूरदर्शी राजनीतिक नेतृत्वका कारण चीनभन्दा पछि पर्नुपरेको रेग्मीको विश्लेषण छ। उनले भने, ‘चीनले छोटो समयमै आर्थिक फड्को मारेको छ। छिट्टै विश्वको  दोश्रो ठूलो अर्थशक्ति भयो। चीन यही रफ्तारमा कायम रहिरह्यो भने विश्वको पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न सक्दैन।’

चीन यही गतिमा अघि बढ्यो भने विश्वशक्ति बन्न कसैले रोक्दैनः डा.कृष्ण रेग्मी_fororder_Dr.Krishna Regmi-with Oli

सुधार तथा खुलापनको ४० वर्षमा चीनले अपनाएको माटो सुहाउँदो विकासको मोडल र स्थिर नीति देखेर नेपालले पनि सिक्नसक्ने बताउँदै रेग्मीले दुई ठूला छिमेकीलाई सन्तुलनमा राखेर नेपालले फाइदा लिन सक्नुपर्ने सुझाव दिए।  

बीआरआईमार्फत् चीनले छिमेकी मुलुकहरूसँग विकास अनुभव शेयर गर्ने सदासयता देखाएको बताउँदै उनले कतिपय मुलुकहरूले सहयोगका नाममा हस्तक्षेप गरेको अवस्थालाई मध्यनजर गर्दै उति ठूलो आघात नपारेको  चीनबाट बीआरआईका परियोजनाहरू लिएर छिटो फाइदा लिनुपर्ने सुझाए। उनले भने, ‘नेपालको नीति अलिकति खुकुलो बनाउनुपर्छ, ढिलासुस्तीबाट जोगिनुपर्छ, सहजीकरण गरेर सुरू गरेमा बीआरअइबाट फाइदा हुन्छ।’

चीन यही गतिमा अघि बढ्यो भने विश्वशक्ति बन्न कसैले रोक्दैनः डा.कृष्ण रेग्मी_fororder_Dr.Krishna Regmi-China

चिनियाँ पर्यटकहरू विश्वबजारका मुख्य शक्ति भएको बताउँदै भारतपछि चिनियाँ पर्यटकहरू नेपालमा पुग्ने गरेको स्मरण गरे। उनले भने, ‘नेपाली पूर्वाधारहरू चिनियाँ पर्यटकका लागि मैत्रीपूर्ण नै छन्। चिनियाँहरूमा सकारात्मक सोचका कारण नेपालको विकासमा शक्ति थपेको छ।’