विश्वको शान्तिको लागि अमेरिका सबभन्दा ठूलो धम्की
2021-12-30 21:08:46CRI
Share with:

अमेरिकी राष्ट्रपतिले हालै हस्ताक्षर गर्नुभएको राष्ट्रिय रक्षा अधिकार बिधेयक २०२२ मा नयाँ आर्थिक वर्षमा रक्षा खर्चमा संलग्न रकम ७.६८२ खर्ब अमेरिकी डलर हुने तोकिएको छ जुन गत वर्षको तुलनामा ५ प्रतिशतले बृद्धि भएको छ। मुद्रास्फितिको कारक तत्वको विचार गर्दा पनि दोस्रो विश्व युद्ध यता अमेरिकाको सैन्य खर्चमध्ये यो सबभन्दा ठूलो खर्च हो भन्ने कुरा अमेरिकी अनलाइन पत्रिका स्लेटले जनाएक छ। यस कानुनबाट अमेरिकाको वास्तविकता ‘युद्ध’ र ‘हतियार’ बेच्ने व्यापारी हो र विश्व शान्तिको लागि सबभन्दा ठूलो धम्की भएको देखाइएको छ।

विश्वको शान्तिको लागि अमेरिका सबभन्दा ठूलो धम्की_fororder_微信图片_20211230205843

अफगानी युद्ध सम्पन्न भइसक्यो। अमेरिकाले यति ठूलो रक्षा खर्च बनाएको कारण के हो? प्राप्त तथ्याङ्क अनुसार, सन् २०२० मा अमेरिकी हतियार व्यापारीले राजनीतिज्ञ तथा राजनीतिक कार्यक्रमका लागि चन्दा स्वरूप ४.७ करोड अमेरिकी डलर दिएका थिए। हित पाउने समूहको प्रभावमा बितेका वर्षहरूमा अमेरिकामा सैन्य खर्च हरेक वर्ष बढ्दै गइरहेको छ। अमेरिकाभित्रबाट हेर्दा, हाल अमेरिकी सरकारले लिएको ऋण निकै ठूलो छ र कोभिड महामारी फैलिएकाले मुद्रास्फितिबाट कम आम्दानी पाएकाहरूलाई सबभन्दा गम्भीर रूपमा प्रभाव भएको बेला सरकारले पूँजीलाई सैन्य खर्चमा प्रयोग गर्ने छ। अमेरिका बाहिरबाट हेर्दा, सो विधेयकबाट युद्ध गर्न मन पराउने अमेरिकाप्रति विश्वलाई चिन्ता लागेको छ।

ध्यान राख्नुपर्ने कुरा के हो भने, अमेरिकाको सो बिधेयकमा उल्लेख गरेको रक्षा खर्चमध्ये २७.८ अर्ब अमेरिकी डलर आणविक हतियार योजनामा प्रयोग गरिने बताइएको छ जसबाट विश्वमा आणविक सैन्य होडबाजीलाई चर्को पारिनुका साथै विश्वमा रणनीतिक स्थिरतालाई पनि भङ्ग पारिने कुरामा शंका छैन। यसका अतिरिक्त, कथित ‘चीनबाट आउने चुनौतिको सामना’ नै अमेरिकाले सैन्य खर्च बढाउने र सैन्य शक्तिलाई विस्तार गर्ने निहुँ मात्र हो। वास्तवमा प्रभुत्वको खोजी गर्दै चीनको नियन्त्रण गर्ने कुचेष्टा गरिएको छ।

विश्वको शान्तिको लागि अमेरिका सबभन्दा ठूलो धम्की_fororder_微信图片_20211230205855

५० वर्षअघि अमेरिकी प्रजातान्त्रिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किनले औंल्याउनु भएको थियो कि एक वर्षपछि अर्को वर्ष गरी सामाजिक हित-कल्याण कार्यक्रमको सट्टामा अझ बढी पैसा सैन्य संरक्षणमा प्रयोग गरिने मुलुक मानसिक मृत्युसँग नजिकँदै गइरहन्छ भने ५० वर्षपछिको आज अमेरिकाको सैन्य खर्च अर्को नयाँ शिखरमा पुगेबाट जनजीवनसँग घनिष्ट भएका विषयमा बारम्बार बाधा देखाएर सर्वसाधारणको जीवन कठिन बन्दै गइरहेको छ। यस्तो अमेरिका अमेरिकी जनताको दुःख हो र विश्व शान्तिको लागि पनि सबभन्दा ठूलो धम्की पनि हो।