चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनद्वारा आयोजित चियापान समारोहमा सी चिनफिङको सम्बोधन
2021-12-31 22:07:41CRI
Share with:

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिले डिसेम्बर ३१ तारिख बिहान नयाँ वर्षको स्वागतमा चियापान समारोहको आयोजना गरेको छ। उक्त समारोहमा सी चिनफिङ, ली खछ्याङ, वाङयाङ, वाङ हुनिङ, चाउ लची, हानचङ, वाङ छिशानले विभिन्न क्षेत्रका व्यक्तिहरू भेला भएर सन् २०२२को स्वागत गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकोत्सवको स्वागत गरेको, चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक निर्णय-प्रस्ताव पारित गरिएको, पहिलो सय वर्षको प्रयास लक्ष्य सफलताका साथ पूरा भएको, सम्पन्न समाजको निर्माण भइसकेको, गरिब समस्याको ऐतिहासिक रुपमा समाधान गरिएको, समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी निर्माण र दोस्रो सय वर्षको प्रयास लक्ष्यतर्फ लम्कने नयाँ प्रक्रिया थालेको कुरा बताउनुभयो।

सीले सबैलाई चिनियाँ राष्ट्रका छोराछोरीको एकतालाई बढाई नयाँ र अझै ठूलो विजयी प्राप्त गरौँ भन्ने कुरामा जोड दिनुभयो।