प्रेस स्वतन्त्रता नै हङकङलाई गन्जागोल बनाउने राजनीतिक साधन होइन
2021-12-31 18:20:20CRI
Share with:

हङकङ प्रहरीले हालै कानुन वमोजिम, अनलाइन संचार स्टाण्ड समाचारमाथि कार्वाही चलाएको छ। सो कदमलाई लक्षित गरी अमेरिकी विदेश मन्त्री अन्टोनी ब्लिङकेनले डिसेम्बर २९ तारिख एक वक्तव्य प्रकाशित गर्दै चीनले ‘हङकङको प्रेस स्वतन्त्रमा क्षति पुर्‍याएको’ भनेर हिलो छ्याप्ने काम गर्नु भएको छ। बेलायत, क्यानाडा, अस्ट्रेलिया लगायत केही पश्चिमी मुलुकले पनि अमेरिकाको पछि लाग्दै ‘प्रेस स्वतन्त्रता’को नाउँमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको भन्दै राजनीतिक प्रहसन फेरि एक पटक मच्चाएका छन्। साथै हङकङलाई गन्जागोल पार्ने तत्वहरूसँग एउटै पक्षमा उभिएर ती मुलुकहरूले हङकङको समृद्धि तथा स्थिरतालाई भङ्ग पार्ने कुचेष्टा पनि देखाइएका छन्।

प्रेस स्वतन्त्रता नै हङकङलाई गन्जागोल बनाउने राजनीतिक साधन होइन_fororder_1

हङकङ कानुनी समाज हो र कानुन वमोजिम हङकङबासीको भनाइ स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता लगायत विविध अधिकारको प्रत्याभूति दिइन्छ। हङकङमा फौजदारी अपराध नियममा स्पष्टसँग तोकिएको छ कुनै व्यक्तिले देशद्रोही लेखहरू लेखेर छाप्ने र देशद्रोहका प्रकाशनहरू प्रकाशित गर्ने हो भन्ने यो अपराध हो।

प्रेस स्वतन्त्रता नै हङकङलाई गन्जागोल बनाउने राजनीतिक साधन होइन_fororder_2

प्रेस स्वतन्त्रता कानून विपरीत अपराधलाई ढाक्ने साधन होइन र बाह्य शक्तिले हङकङलाई भङ्ग पार्ने राजनीतिक साधन पनि होइन।

ब्लिङ्केनले प्रतिनिधित्व गर्ने राजनीतिज्ञहरूले प्रेस स्वतन्त्रता कराइरहेका छन्। वास्तवमा स्वदेशमा प्रेस स्वतन्त्रता वातावरण चर्कँदै गइरहेको छ। हङकङमा प्रेस स्वतन्त्रता अवस्थामा औंला उठाउने योग्यता उनीहरूसँग छँदैछैन।