चीन र भियतनामका नेताद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान
2022-01-25 15:01:50cri
Share with:

चीन र भियतनामको परम्परागत पर्व वसन्त चाड नजिकिँदै गर्दा जनवरी २५ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम राष्ट्राध्यक्ष सी चिनफिङ र भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव येन फू रुङले एक आपसलाई बधाई सन्देश पठाउँदै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चीन र भियतनाम समाजवाद मुलुक र असल छिमेकी भएको भन्दै वर्तमान विश्वव्यापी परिस्थिति र महामारीको जटिल परिस्थितिमा यी दुई मुलुकका कम्युनिष्ट पार्टीहरुले जनतालाई केन्द्रमा राख्ने अडान लिँदै आपसी मैत्रीपूर्ण सहयोगलाई गहिरो बनाउन प्रयास गर्दै आएको व्यक्त गर्नुभएको छ। यी दुई पक्षले मतभेदको अन्त्य गर्दै संयुक्त रुपमा चुनौतिको सामना गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

 

भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा भियतनामका राष्ट्रपति येनले गत वर्ष सी चिनफिङ केन्द्रीत चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पार्टीको एक सयौँ वार्षिकोत्सव सम्बन्धी श्रृँखलाबद्ध कार्यक्रमको सफल संयोजन,“चौधौँ पञ्च वर्षिय” योजना व्यवहारमा उतार्नु आदि ऐतिहासिक महत्वपूर्ण घटनाको उच्च मूल्याङ्कन गर्नुभएको छ। साथै राष्ट्रपति येनले चीनसँग चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन पहल गर्दैजाने पनि बताउनुभएको छ।