लिथुनियाका राजनीतिज्ञले तथ्यको सोच विचार गर्ने बेला आयो
2022-01-25 16:00:33cri
Share with:

रोइटर्स लगायतका विविध सञ्चार माध्यमका अनुसार, लिथुनियाका राजनीतिज्ञले एउटा मात्र चीन भन्ने सिद्धान्तमाथि उत्तेजना फैलाएकाले चीनसँगको सम्बन्धमा तानवपूर्ण बनाएको छ। त्यसैगरी लिथुनियाभित्रका व्यवसाय र युरोपेली संघका मुलुकको पूँजीद्वारा सञ्चालित लिथुनियाका व्यवसायहरूले निकै ठूलो नोक्सानी भोगेका छन्। ती व्यवसायहरूले तथ्यको सोच विचार गर्न ती राजनीतिज्ञलाई आह्वान गर्नुका साथै छिटोभन्दा छिटो चीनसँगको सम्बन्धमा सुधार गर्न लिथुनिया सरकारलाई ताकिता पनि गरेका छन्।

गत नोभेम्बर महिनामा लिथुनिया सरकारले तथाकथित लिथुनियाका लागि थाइवान प्रतिनिधि कार्यालाय स्थापना गर्न थाइवान पक्षधरलाई अनुमति दिएको थियो। उक्त कारवाहीले जथाभाबी रूपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। हाल लिथुनियाको मन्त्री परिषद्ले एउटा बक्तव्य जारी गर्दै थाइवान चीनको एक अविच्छिन्न भूखण्डको हो भन्ने कुरालाई मान्यता दिएको छ। यस्तो अवस्थामा ती राजनीतिज्ञहरूले तथ्यको स्पष्टसँग सोच विचार गर्ने बेला पनि आएको छ। ती राजनितिज्ञहरूले छिटै नै सही बाटोमा फर्केर वास्तविक गतिबिधिमार्फत चीनसँगको सम्बन्ध सुधार गर्नुपर्छ। साथै ती राजनीतिज्ञहरूले आफ्नो देशभित्रको नोक्सानी भोगेका व्यवसाय र जनतासमक्ष जिम्मेवारपूर्वक जवाफ पनि दिनुपर्छ।