५ बुँदे प्रस्तावबाट चीन र मध्य एशिया बीचको सहकार्यका लागि नयाँ युगको आरम्भ
2022-01-26 17:37:24cri
Share with:

अन्तर्राष्ट्रिय स्थिति जसरी परिवर्तित भए पनि र भविष्यमा चीन जस्तोसुकै स्तरमा विकसित भएता तापनि चीन सधैं नै मध्य एशियाली मुलुकका लागि विश्वासिलो र भर पर्दो असल छिमेकी, असल साझेदार, राम्रो साथी र राम्रो दाजु-भाइ रहिरहने छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २५ तारिख पैचिङमा चीन र मध्य एशियाका ५ वटा मुलुक बीच दौत्य सम्बन्ध कायम भएको ३० औं वार्षिकोत्सवको भिडियो शिखर सम्मेलनको अध्यक्षता गर्दै दृढताका साथ उक्त अडान प्रस्तुत गर्नुभएको हो। उहाँले आफ्नो सम्बोधनमा दुवै पक्ष बीचको सम्पूर्ण सहकार्यलाई गहन पार्ने विषयबारे ५ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। उहाँको सम्बोधनबाट मध्य एशियाका ५ वटा मुलुकका राष्ट्रनायकको सकारात्मक मतैक्य आएको छ। त्यसैगरी दुवै पक्षले चीन-मध्य एशिया भाग्यको एकरूपताको निर्माण गर्नुका साथै पारस्परिक सम्बन्धको नयाँ युगको आरम्भ गर्ने घोषणा गरेका छन्।

चीनसँग निकै घनिष्ट भएकाले चीनको बिशाल बजार हाम्रो समुद्र नै हो। यो मध्य एशियाली साथीहरूको साझा मन्तव्य पनि हो। आगामी ३० वर्ष अझ विशेषगरी अझ लामो समयमा चीनले प्रस्तुत गरेको ५ बुँदे प्रस्तावबाट चीन र मध्य एशियाली मुलुक बीचको वास्तविक सहकार्यका लागि अझ फराकिलो स्पेसको सिर्जना गरिनुका साथै विभिन्न पक्षका जनताका लागि अझ बढी सुख र उपभोग्य पनि ल्याउनेछ।