कुकर्म चलाउने अमेरिकी राजनीतिज्ञहरू बदमान जस्तै
2022-01-27 18:56:44cri
Share with:

प्राप्त जानकारी अनुसार, चीनको महामारी प्रतिरोधात्मक नीति एकदमै गम्भीर रहेको निहुँ खोजेर हाल अमेरिकी विदेश मन्त्रालयले चीनका लागि अमेरिकी कुटनीतिज्ञ र परिवारजनलाई स्वदेश फिर्ता गराउने विचार गरिरहेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद शुरू हुन १० दिनभन्दा कम समय बाँकी रहेको खण्डमा केही अमेरिकी राजनीतिज्ञले यस्तो कुकर्म चलाउँदै चीनको महामारी प्रतिरोधात्मक नीतिलाई बङ्ग्याउन, पैचिङ हिउँदे ओलम्पिक खेलकुदमाथि अवरोध लगाउन र प्रतिद्वन्दी र पृथकतालाई उत्तेजना पार्न खोजेका छन्। सधैं नै कुकर्म चलाउने ती अमेरिकी राजनीतिज्ञहरू बदनामी देखिएको छ।

सहज, सुरक्षित र मनोरञ्जनात्मक भन्ने कुरा पैचिङ ओलम्पिक खेलकुदले विश्वसमक्ष गरेको वचनबद्धता हो। ओमिक्रोन आदि भाइरस फैलावट भइरहेको पृष्ठभूमिमा हिउँदे ओलम्पिक खेलकुदको महामारी प्रतिरोधात्मक सुरक्षालाई प्रत्याभूति दिनु नै चीनका लागि सबैभन्दा महत्वपूर्ण विषय रहेको छ। चीनले अनेकन् निश्चित, प्रभावकारी, गम्भीर र वैज्ञानिक प्रतिरोधात्मक नीति अपनाएको मुख्य उद्देश्य अमेरिकी व्यक्ति लगायत सबै खेलाडी र सम्बद्ध व्यक्तिहरू सुचारू रूपमा खेलकुदमा सहभागी हुन र सुरक्षित रूपमा आ-आफ्नो देशमा फर्कन प्रत्याभूति दिनु नै हो।

अमेरिकाले चीनको महामारी प्रतिरोधात्मक नीति र नियमको अक्षरश: पालना गर्नुका साथै तथाकथित चीनका लागि अमेरिकी कूटनीतिक व्यक्तिहरूलाई फिर्ता गर्ने समस्याको राम्ररी सोचविचार गरी खेलकुदलाई राजनीतिकरण बनाउने गतिबिधि बन्द गर्नसक्ने आशा चीनले गरेको छ।