“विश्व विकास प्रस्ताव सदस्य टोली” को पहिलो सम्मेलन
2022-01-27 15:53:58cri
Share with:


 

वर्तमान महामारी र परिवर्तनको अवस्थाले उक्त एजेन्डालाई प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारेको छ। त्यसैले तुरून्तै महामारीको नियन्त्रण गरी आर्थिक पुनरूत्थान गरेर संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास एजेन्डालाई सामान्य बाटोमा ल्याउनु नै व्यापक विकासोन्मुख मुलुकसमक्ष देखिएको मुख्य जरूरी कार्य हो।

तर केही पश्चिमा मुलुकले विकासोन्मुख मुलुकको विकास चाहनामा ध्यान नदिएको मात्र नभइ नक्कली बहु-पक्षीयवाद आधारित गुट स्थापना गरी विश्व आर्थिक पुनरूत्थान विशेष गरी विकासोन्मुख मुलुकको विकासमाथि अझै चुनौति थपेको छ र विश्वको विकास कार्यलाई नकारात्मक प्रभाव पारेको छ।

त्यसैले संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास एजेन्डालाई तीव्र रूपमा व्यवहारमा उतारी विश्व विकास सहमतिलाई बढाएर विश्व विकास कार्यलाई पुनर्जिवित गर्नका लागि राष्ट्राध्यक्ष सी चिनफिङले विश्व विकास प्रस्तावको पालना गर्न दोहोर्याउनुभयो।

संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि मण्डलले गत २० तारिख न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा “विश्व विकास प्रस्ताव सदस्य टोली” को पहिलो सम्मेलनको आयोजना गरेको थियो। उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघका लागि ८० भन्दा बढी मुलुक र १०० भन्दा बढी मुलुकका प्रतिनिधि सक्रिय रूपमा संलग्न हुनुभएको छ।

वास्तवमा पाँच वर्षअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वमा के हुँदैछ र हामीले के गर्ने भन्ने प्रश्न उठाउनुभएको थियो। सन् २०१७ को विश्व आर्थिक मञ्चमा राष्ट्राध्यक्ष सी चिनफिङले विश्व अर्थतन्त्रसमक्ष देखिएको तीनवटा प्रमुख समस्याहरूः विश्वको विकासमा शक्तिको अभाव, कमजोर आर्थिक व्यवस्थापन, र विश्व विकास असन्तुलन रहेको उल्लेख गर्नुहुँदै यी नै विश्वको सङ्कटको मूल स्रोत रहेको बताउनुभएको थियो। त्यसैले चीनले संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास एजेन्डामा ठूलो समर्थन गरेको छ।

“विश्व विकास प्रस्ताव सदस्य टोली” को पहिलो सम्मेलनको आयोजना भएबाट राष्ट्राध्यक्ष सी चिनफिङले उठाउनुभएको विश्व विकास प्रस्तावमा व्यापक समर्थन रहेको प्रमाणित भएको छ साथै अन्तर्राष्ट्रिय समूह सक्रिय रूपमा संलग्न भएबाट विश्व विकास प्रस्तावमा व्यापक अन्तर्राष्ट्रिय सहमति रहेको पनि देखिएको छ।