बसन्त चाडअघि राष्ट्राध्यक्ष सीद्वारा बाढीबाट प्रभावित सर्वसाधारणको हेरचाह
2022-01-27 19:18:54CRI
Share with:

चिनियाँ परम्परागत नयाँ वर्ष नजिकिँदै आउनुअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिउँको बावजुदमा वल्लो शान सी प्रान्तको हो चौ शहरको फङ नान युआन गाउँमा पुगेर बाढी प्रकोपपछि वल्लो शान सी प्रान्तको पुन:निर्माण कार्यको जानकारी लिनुभएको छ। उहाँले गाउँलेहरुलाई पोहोरको बाढी प्रकोपबाट तपाईंहरुको उत्पादन र जीवनमा ल्याएको प्रभावबारे जानकारी लिन म आज यहाँ आएको हुँ भन्दै तपाईंहरुले अवश्य नै राम्रोसँग नयाँ वर्ष मनाउनुपर्छ भन्नुभयो।

 

गत वर्षको अक्टोबरमा आएको आँधी बेहरीबाट फङ नान युआन गाउँ गम्भिर रुपमा प्रभावित भएको थियो। सम्पूर्ण गाउँमा २९ घर ढलेका थिए भने ६५ घर क्षतिग्रस्त भएका थिए। बाढी प्रकोपपछि पुन:निर्माण कार्य तुरुन्तै थालिएको थियो। अहिले यी घरहरुको निर्माण पूरा भइसकेको र गाउँलेहरुले नयाँ घरमा बसाईमा सारेका छन्।