बङ्गलादेशका विद्वानको आँखामा सन् २०२१ मा चीनको विज्ञान क्षेत्रको उपलब्धि
2022-01-28 15:48:24cri
Share with:


चङचौ विश्वविद्यालयअन्तर्गत रासायनिक उद्योग स्कुलका उप प्राध्यापक अश्रफुल अलाम बङ्गलादेशका नागरिक हुनुहुन्छ। उहाँले चीनमा अध्ययन तथा काम गर्नुभएको एघार वर्ष भइसकेको छ। उहाँले चीनमा डाक्टर डिग्री प्राप्त गर्नुभएको छ। उहाँले मुख्य अध्ययन उपलब्धि चीनमा प्राप्त गर्नुभएको हो। चीन उहाँको दोस्रो जन्मथलो बनेको छ। अलाम भन्नुहुन्छ “चीनको विज्ञान क्षेत्रको विकास स्तर नै मैले चीन छान्नुको मुख्य कारण हो।”

 

सन् २००८ मा अलाम एक सम्मेलनमा सहभागी हुन चीन आउनुभएको थियो। उहाँले यहाँ चीनको विज्ञान क्षेत्रको विकास देख्नुभयो। चीनको भ्रमण गर्नुभएपछि अध्ययनकालागि चीन रोज्ने योजना बनाउनुभयो। उहाँ भन्नुहुन्छ “मैले चीनको विज्ञान क्षेत्रको विकास स्तर देखेको त्यो पहिलो पटक थियो। मैले चीनमा उत्कृष्ट वैज्ञानिक अनुसन्धान प्रबन्ध देखेँ।”

 

सन् २०१० मा अलाम डाक्टर डिग्री प्राप्त गर्नका लागि तालेन प्रविधि विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो। डाक्टर डिग्री प्राप्त भएपछि उहाँले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत क्वाङचौ ऊर्जा स्रोत अनुसन्धान संस्थानमा तीन वर्षसम्म पोस्ट-डक्टोरलको अध्ययन गर्नुभयो। हाल उहाँ चङचौ विश्वविद्यालयअन्तर्गत रासायनिक उद्योग स्कुलका उप प्राध्यापक हुनुहुन्छ। उहाँ बायोमास स्रोत साधानको प्रयोगसम्बन्धी अनुसन्धान गर्नुहुन्छ। अलाम भन्नुहुन्छ “म बायोमासले स्रोत साधनलाई मोड्ने तथा लागत घटाउने नयाँ प्रविधिको अध्ययन गर्दछु। यो सम्बन्धित प्रविधि व्यापारमा प्रयोग गर्नसकिने छ। यो विश्वको विभिन्न मुलुकको कार्बन निष्काशनलाई घटाउनका लागि हितकर हुने छ। चीनले यो काममा धेरै महत्व दिएको छ। धेरै कम्पनीहरू र विद्वानहरूले यससम्बन्धी अनुसन्धान गर्दैछन्। चीन सरकारले यससम्बन्धी अनुसन्धानमा पैसाको समर्थन दिएको छ।”

 

अलामकाअनुसार, वैज्ञानिकको हैसियतमा सन् २०२१ मा चीनले प्राप्त गरेका उपलब्धिहरूमध्ये विज्ञान क्षेत्रको उपलब्धिले उहाँको मनमा गहिरो छाप पारेको छ। उहाँ भन्नुहुन्छ “कोरोना भाइरस महामारी विश्वमा फैलिएको बेलामा केही पश्चिमा मुलुकहरूले खोप अमेरिका वा बेलायतका विश्वविद्यालयहरू र संस्थानहरूद्वारा अनुसन्धान र उत्पादन गर्नसकिने ठहर लिएका थिए। तर वास्तवमा चीनले खोपको अनुसन्धान र विकास क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेको छ। चीनको कोरोना भाइरस खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यता दिइएको छ।”

 

सन् २०२२ अलामले चीनमा अध्ययन र काम थाल्नुभएको बाह्रौँ वर्ष हो। अलामकाअनुसार, बङ्गलादेशको संस्कृतिमा बाह्र महत्वपूर्ण अंक हो। उहाँले चिनियाँ साथीसँग यो महत्वपूर्ण क्षण मनाउने आशा लिनुभएको छ। अलाम भन्नुहुन्छ “मौका मिलेमा चालू वर्ष मैले चीनमा बसोबास गरेको बाह्र वर्षसम्बन्धी कार्यक्रमको आयोजना गर्ने योजना बनाएको छु।”