नेपाल ओलम्पिक कमिटिका अध्यक्षद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुद सफलताका साथ आयोजना हुने विश्वास
2022-01-28 15:36:17CRI
Share with:

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले हालै चाइना मिडिया ग्रुप नेपाली सेवालाई अन्तर्वार्ता दिनुभएको छ। उहाँले सन् २००८ मा नेपाली ओलम्पिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पैचिङ ग्रीष्मकालीन ओलम्पिक खेलकुद समारोहको भाग लिनुभएको थियो।


अन्तर्वार्तामा चीनले यस पटकको हिउँदे ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना गर्ने विश्वास लिनुकासाथै केही मुलुकले खेलकुद र राजनीतिलाई जोड्न खोजेको व्यवहारबाट ओलम्पिक भावनाको उल्लंघन भएको औँल्याउनुभएको छ।