वैज्ञानिक प्राविधिक हिउँदे ओलम्पिकको संयुक्त उपभोग पहिलो विश्व संचार सिर्जना मंचमा सहभागी नेपालका पत्रकारको अनुभव
2022-01-28 19:03:04CRI
Share with:

जनवरी २६ तारिख चाइना मिडिया ग्रुपले आयोजना गरेको ‘वैज्ञानिक प्राविधिक हिउँदे ओलम्पिकको संयुक्त उपभोग पहिलो विश्व संचार सिर्जना मंच’मा क्यापिटल एफएमका प्रधान सम्पादक विमल थापा पनि सहभागी हुनु भएको थियो। सो मंचमा सहभागी भएपछि आफूले धेरै उपयोगी जानकारी आफूले प्राप्त गरेको बताउनु भएको छ। सो मंचलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दिनु भएको शुभकामना सन्देशले विश्वलाई सकारात्मक सन्देश दिएको थापाले बताउनुभयो। त्यसैगरी चाइना मिडिया ग्रुप सीएमजीका महानिर्देशक शन हाई स्युङले सो मंचलाई गर्नु भएको सम्बोधनमा सीएमजीले नवीन रुपमा ओलम्पिको प्रचार प्रसार गरिरहेको भन्नु भएको र त्यसले विश्वव्यापी स‌चारकर्मीहरु उत्साहित भएको पनि थापाले बताउनुभयो।