चीनको अन्तरिक्षले मानव जातिका लागि कसरी अरु उज्यालो भविश्य सिर्जना गर्दैछ?
2022-01-29 18:46:35cri
Share with:

“चीन सन् २१२२ मा रहेको जस्तै लागेको छ।” सन् २०२२ को पहिलो दिन स्पेनका अन्तरिक्ष लेखक पेद्रो लेओनले थ्यान वन एक नम्बरको डिटेक्टरले मंगल ग्रहबाट खिचेका उत्कृष्ट फोटाहरु देखेर यस्तो महसूस गर्नु भएको हो।

विगत केही वर्षदेखि चीनको अन्तरिक्ष कार्य सम्बन्धी खबर सधैं पहिलो समयमा विभिन्न मुलुकको संचार माध्यमको मुख्य पृष्ठमा प्रसारण भएको छ। उनीहरुले चीनको अन्तरिक्ष कार्यको विकासमा सफल भएको कारण के हो र यस क्षेत्रमा चीनको महान लक्ष्य के हो भन्ने प्रश्न सोधेका छन्। जनवरी २८ तारिख सार्वजनिक “सन् २०२१ चीनको अन्तरिक्ष” स्वेत पत्रमा उनीहरुको प्रश्नको उत्तर दिइएको छ।

यो चीनले सार्वजनिक गरेको पाँचौं अन्तरिक्ष स्वेत पत्र हो। यसलाई चीनको अन्तरिक्षको इतिहास र भविश्य जोड्ने महत्वपूर्ण दस्ताबेज भएको मानिन्छ। यसले ११ पक्षमा विगत पाँच वर्षयता चीनले अन्तरिक्ष विज्ञान, अन्तरिक्ष प्रविधि र अन्तरिक्ष उपयोगमा चीनको उपलव्धि निश्कर्ष निकाल्दै आगामी पाँच वर्षमा अन्तरिक्षको विकासबारे परिकल्पना बनाएको छ। स्वेत पत्रमा विशेष ध्यानाकर्षण भएको कुरा चीनले बाह्य अन्तरिक्ष क्षेत्रमा मानव जातिको साझा भाग्य समूदायको निर्माण गर्ने उठाएको हो, जसबाट अन्तरिक्ष क्षेत्रमा चीनको अरु सक्रिय र खुला अडान देखाइएको छ।

अन्तरिक्ष सम्पूर्ण मानव जातिको हो। अन्तरिक्ष कार्यकलापले सम्पूर्ण मानव जातिलाई हित कल्याण ल्याउनुपर्छ। चीनको अन्तरिक्षको खुलापन, सहयोग र उपभोग विश्वले देखेको छ। सन् २०१६ देखि चीनले १९ मुलुक र क्षेत्र तथा ४ अन्तर्राष्ट्रिय संगठनसँग अन्तरिक्ष सहयोग सम्बन्धी ४६ सहयोगात्मक सम्झौता अथवा स्मृति पत्रमा हस्ताक्षर गरेको छ।