सी चिनफिङ र माल्टाका राष्ट्रपतिबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आपसी बधाइ सन्देश
2022-01-31 17:02:04cri
Share with:

जनवरी ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र माल्टाका राष्ट्रपति जोर्च भेलाले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सुअवसरमा आपसी बधाइ सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले आधा शताब्दी यता अन्तर्राष्ट्रिय अवस्था जसरी परिवर्तन भएपनि चीन र माल्टाबीच मैत्रीपूर्ण रूपमा सहअस्तित्व र सहयोग भइरहेको उल्लेख गर्नुभयो। आफूले राष्ट्रपति भेलासँग प्रयास गरी चीन र माल्टा दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सुअवसर समातेर परम्परागत मित्रता र सहयोगलाई बढाएर दुई देश सम्बन्धलाई झनै गहन पारी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको सीले बताउनुभयो।

 

भेलाले माल्टाले युरोप लीग र चीनबीचको सहयोगलाई अरू समर्थन गरी दुई देश परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ शक्ति थप्ने विश्वास व्यक्त गर्नुभयो।