पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुद नजिकिँदै छ। हिउँको सेतोबाहेक वातावरणको संरक्षणको प्रतिनिधित्व गर्ने रंग हरियो नै उक्त हिउँदे ओलम्पिक खेलकुदको उज्यालो विषय बनेको छ।
पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदले“कार्बन तटस्थता”लाई व्यवहारमा उतार्न प्रयास गरिरहेको छ। हाल जर्मनीको म्युनर मेर्कुर वेभसाइटले लेख सार्वजनिक गर्दै उक्त कुरा बताउनुका साथै पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको संयोजनका क्रममा कम कार्बन र स्रोत किफायत क्षेत्रमा गरेको प्रयासहरुबारे उल्लेख गरेको छ।
हरित नै पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको मुख्य विचार हो भने 《ओलम्पिक सन्२०२० एजेन्डा》सम्बन्धी दिगो विकासको मागसँग अनुकूल छ। सन्२०१५ हिउँदे ओलम्पिक खेलकुदको संयोजन अधिकार पाएपछि चीनले हरित हिउँदे ओलम्पिक खेलकुदको संयोजनको वचनबद्धतालाई व्यवहारमा उतार्न थालेको छ। वातावरणका लागि सकारात्मक प्रभाव,क्षेत्रीय नयाँ विकास,अझ सुन्दर जीवन गरी तीन क्षेत्रमा ११९ वटा ठोस कदमहरु यस खेलकुदको स्रोत,रंगशाला,यातायात निर्माण आदि धेरै क्षेत्रमा लगाइएका छन्। सबैभन्दा महत्वपूर्ण विषय स्रोतको सम्बन्धमा पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदका २६ रंगशालाले पहिलो पटक पूर्ण रुपमा नवीकरणीय ऊर्जाद्वारा उत्पादित बिजुलीको प्रयोग गरेका छन्। चाङ च्या खौमा पर्ने नवीकरणीय प्रदर्शन परियोजनाले स्थानीय सौर्य र हावालाई स्वच्छ उर्जाश्रोतमा परिवर्तन गरी तीन हिउँदे ओलम्पिक खेलकुद क्षेत्रमा पठाउँछ।
बाहिरी संसारले चिन्ता व्यक्त गरेको कृत्रिम हिउँको समस्यामा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिका पदाधिकारीको जवाफ छ:यस खेलकुदले वर्तमान विश्वमा सबैभन्दा उत्कृष्ट उच्च दक्षता पानी वचत उपकरण र स्मार्ट स्नोमेकिंग प्रणालीको प्रयोग गर्छ जसबाट क्षेत्रीय पानीको सुरक्षा तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने छैन।
अन्तर्राष्ट्रिय हिउँदे ओलम्पिक खेलकुदका अध्यक्ष टोमस बाखले हाल व्यक्त गर्नुभएअनुसार पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले धेरै कदमहरुले कार्बन उत्सर्जन न्यूनीकरण गर्दै वातावरणको संरक्षण गर्दछ जसले पैचिङ हिउँदे ओलम्पिक खेलकुदले चीनको दिगो विकास सम्बन्धी वचनबद्धताका लागि योगदान सिर्जना गर्दछ।