“खुला रुपमा हिउँदे ओलम्पिक खेलकुदको संयोजन”ले चीन र संसारबीच साझा फाइदा
2022-02-03 16:22:28cri
Share with:

सन्२०१९ पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको स्वयमसेवकका लागि ग्लोबल भर्ती काम सुरु भएपछि केवल चार दिनमै ४लाख ६० हजारभन्दा बढीले निवेदन गरेका थिए। यो चीनले खुला रुपमा ओलम्पिक खेलकुद संयोजनको एक प्रमाण मात्र नभई खुला चीनको आकर्षक शक्तिको प्रतिबिम्ब पनि थियो। सन्२०१५ हिउँदे ओलम्पिक खेलकुदको संयोजन अधिकार पाएपछि चीनले पैचिङ्ग ओलम्पिक खेलकुद र अन्य मुलुकको सम्बन्धित अनुभव सिकेर खुलापनको विचारधारालाई पूर्ण हिउँदे ओलम्पिक खेलकुदको संयोजनको क्रममा राखेको छ। हाल केही वर्षयता पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले सम्बन्धित संयोजन कामका लागि ३७ विदेशी विशेषज्ञ र २०७ विदेशी पेशागत प्राविधिकलाई निमन्त्रणा गरेको छ। रंगशालाको निर्माण,प्रतियोगिताको संयोजन,तालिम आदि क्षेत्रमा चीनले अन्तर्राष्ट्रिय खेलकुद संगठनसँग सहयोग गर्दै चीन र विदेशबीचको खेलकुद आदानप्रदानलाई शक्तिशाली रूपमा प्रवर्द्धन गरेको देखिन्छ।

विश्व,भविष्य,आधुनिकीकरण उन्मूख भन्ने विचारधाराले पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदलाई विदेशका लागि खुलापनको प्रवर्द्धन शक्ति बनाएको छ। भोलि पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुद औपचारिक रुपमा सुरु हुने छ। यस खुला मञ्चमा मिलन हुने विश्वव्यापी जनताले एक रमाइलो प्रतिनिधि समारोहको संयुक्त उपभोग गर्नुका साथै चीनद्वारा विश्वको खेलकुद तथा सभ्यताको आदानप्रदानलाई प्रवर्द्धन गर्ने प्रयास तथा अठोट देख्नेछन्। पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको नारा जस्तै चीन विश्व सँगसँगै भविष्यका लागि प्रयास गरिरहेको छ।