अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको १३९औँ पूर्ण सम्मेलनको उद्घाटन समारोहलाई सी चिनफिङद्वारा सम्बोधन
2022-02-03 16:13:57cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ३ तारिख भिडियोमार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको १३९औँ पूर्ण सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

 

सीले हाल मानवजातिसमक्ष महामारीलगायत विभिन्न चुनौती देखा परेको  र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक खेलकुदको नेतृत्व गरी विश्वलाई एकताबद्ध गरी कठिनाइँहरू जित्न महत्वपूर्ण तथा विशेष भूमिका निर्वाह गरेको भन्दै लामो समययता कमिटिले चीनको खेलकुद कार्यको विकासलाई सक्रिय योगदान गरेको र चीनको ओलम्पिक खेलकुदको आयोजना गर्न ठूलो समर्थन र निर्देशन गरेकोप्रति आभार ज्ञापन गर्नुभयो।

 

सी चिनफिङले पैचिङ हिउँदे ओलम्पिक खेलकुद ४ तारिख बेलुका सुरू हुने जानकारी गराउँदै चीनले सकेसम्म विश्वलाई सरल, सुरक्षित र भव्य ओलम्पिक खेलकुद समारोह देखाउने विचार व्यक्त गर्नुभयो।