पैचिङ हिउँदे ओलम्पिक खेलकुदद्वारा विश्वमा एकताबद्ध शक्ति पुर्‍याइने
2022-02-04 16:01:18cri
Share with:

   

“एकताबद्ध भएमा अझ उच्च लक्ष्यतर्फ उन्मुख बलियो बन्न सकिनेछ”यो अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका अध्यक्ष बाखले खेलाडीहरुलाई गर्नुभएको आह्वान हो। फेब्रुअरी ४ तारिख राती सुरु भएको पैचिङ हिउँदे ओलम्पिक खेलकुदले विश्वमा एकताबद्ध शक्ति पुर्‍याउने छ।

      ओलम्पिक भावनामा “अझ एकताबद्ध”भन्ने शब्द राखिएपछि आयोजना भएको पहिलो हिउँदे ओलम्पिक खेलकुदको रुपमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदले ९० मुलुक तथा क्षेत्रका ३००० भन्दा बढी खेलाडीहरुको सहभागिता आकर्षित गरेको छ। प्रतिस्पर्धा र स्वर्ण पदकको संख्या इतिहासमा सबभन्दा धेरै छन्। यस खेलकुदले निरन्तर रुपमा ओलम्पिक खेलकुदको सयौं कल्पनालाई उज्यालो बनाउँदै शान्ति तथा एकताको भावनाले पूर्ण संसारलाई मिलाउने छ।

    

  छ वर्षभन्दा बढी समयको तयारी पार गरी महामारी आदि कारकतत्वको प्रभावको सामना गर्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुदले निर्धारित समयअनुसार आयोजना भएको छ जसबाट विश्वको प्रवर्द्धन गर्ने चीनको दायित्व प्रतिबिम्बित भएको छ। हाल अमेरिकाको वाशिङ्टन राज्यको टाकोमा मेयर वुडर्ड्सले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई पठाउनुभएको चिठी अनुसार नयाँ कोरोना भाइरस विश्वव्यापी फैलिँदै गएको आधारमा चीन जस्तै उत्तरदायी मुलुकले एक सुरक्षित,स्वस्थ र सफल हिउँदे ओलम्पिक खेलकुदको संयोजन नै पूर्ण संसारको लागि भाग्यशाली कुरा हो।

      चीन तयार भइसक्यो। नयाँ वर्षको शुरुवातमा विश्वका विभिन्न क्षेत्रका खेलाडीहरुले पाँच घण्टी झण्डामुनी “अझ छिटो,अझ उच्च,अझ बलियो र अझ एकताबद्ध”का लागि प्रयास गर्दैछन्। विश्वले अझ भाग्यको साझा समुदायको गहिरो अनुभव गर्दै एकताबद्ध भएर भविष्यका लागि सँगसँगै हुने बाटो लिएको छ।