सी चिनफिङद्वारा इजिप्टका राष्ट्रपतिसँग भेटवार्ता#चिनियाँराष्ट्राध्यक्ष
2022-02-05 17:20:12cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ५ तारिख जन बृहत् सभा भवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन आउनुभएका इजिप्टका राष्ट्रपति अब्देलफाताह अल सीसीसँग भेटवार्ता गर्नुभएको छ।

 

सी चिनफिङले चीन र इजिप्टले मिलेर नयाँ युगमा चीन-इजिप्ट भाग्य समुदाय रचना गर्ने लक्ष्यतिर हिँड्नुपर्ने उल्लेख गर्नुभयो। सीले दुई पक्षले आपसी हितयुक्त सहयोगलाई बढाएर बेल्ट एन्ड रोड र इजिप्टको  सन् २०३० दृश्यसँग जोड्न अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।

 

जवाफमा सीसीले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अद्भूत भएको बताउँदै यसबाट चीनको बलियो राष्ट्रिय शक्ति र प्रभाव प्रतिबिम्बित भएको व्यक्त गर्नुभयो। उहाँले बेल्ट एन्ड रोडको संयुक्त रूपमा रचना गरेबाट इजिप्टको आर्थिक विकासलाई धेरै बढाइएको भन्दै इजिप्टले इजिप्ट-चीन औद्योगिक लगायत विभिन्न क्षेत्रको सहयोग बढाएर इजिप्टको विकासलाई अघि सार्ने इच्छा लिएको उल्लेख गर्नुभयो।